Logo

कतारमा ठूलो दुर्घटना १५० भन्दा बढि कामदार मारिएको शंका

स्तावेज संवाददाता,जेठ,३,२०७४ -कतारको ओम सलाल अलीस्थित कतारी सेनाको निर्माणधीन भवनमा दुर्घटना हुँदा एक नेपाली सहित तीन विदेशी कामदारहरुको घटनास्थलमै मृत्यु भएको छ भने १५० भन्दा बढि बिदेशी कामदार मारिएको कतारको रक्षा मन्त्रालयले जनाएको छ । केही घाइते भएका छन् । मृत्यु हुने नेपाली कामदारमा चिनक मल्लाह रहेको नेपाली दूताबासले जनाएको छ । घाइते हुने नेपाली कामदारमा गंगाराम चौधरी छन् । के कती क्षती भयो भन्नेबारे घटनाको बिस्तृत विवरण  आउन अझै बाँकी छ । 

           अल बन्दरी इन्जिनियरीङ ट्रेडिङ कम्पनीले बनाउदै आएको त्यस भवनमा अन्य कम्पनीका कामदारहरु समेत रहेका थिए । मृत्यु हुने बाँकी दुई फिलिपिनी र भारतीय  कामदार रहेका छन् । त्यस आयोजनाभित्र ठुलो सख्यामा कामदारहरु कार्यरत थिए । दुर्घटनामा सामान्य घाइते भएकालाई उपचार गरी क्याम्पमा पठाईसकिएको छ । त्यस घटनामा मृत्यु हुनेलाई उचित क्षतिपुर्ति दिइने रक्षा मन्त्रालयद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्