Logo

दुवईमा खुल्यो नयाँ ट्राभल एजेन्सी

दस्तावेज संवाददाता, वैशाख २९, २०७४, दुवई ,युएईका नेपालीहरुको जमघटको केन्द्र बरदुवईमा शुभयात्रा ट्राभलले आफ्नो सेवा आरम्भ गरेको छ । तीन जना नेपाली व्यवसायीहरुको लगानीमा नयाँ ट्राभल एजेन्सी सञ्चालन हुने भएको हो । १२ मे, शुक्रबारबाट सेवा सुचारु भएको शुभयात्रा ट्राभल एण्ड टुरिजम एलएलसीको औपचारिक उद्घाटन केही हप्ताछि भब्यताका साथ गरिने सञ्चालकहरुले बताएका छन् ।
               युएईमा रहेका नेपालीहरुलाई लक्षित गर्दै खोलिएको यस ट्राभलले मुख्यतः एयर टिकेटिङ, होटल बुकिङ, टुरिस्ट भिसा, भिसा चेन्ज, डेजर्ट सफारी ,द्योउ क्रुज आदि सेवाहरु प्रदान गर्ने सञ्चालक मध्येका एक तोया चौलागाईले जानकारी दिएका छन् ।बजेट एयरलाईन्सको नाममा केही बिदेशी एयरलाईन्सले यात्रुहरुलाई पानी समेत नदिई महंगो भाडा असुली गरिरहेको अवस्थामा नेपाली एयरलाईन्स कम्पनीलाई प्राथमिकतामा राखी प्रतिस्पर्धात्मक तथा तुलनात्मक रुपमा गुणस्तरीय सेवा प्रदान गर्ने शुभयात्राका सञ्चालकहरुले प्रतिबद्धता गरेका छन् ।
            बरदुवईको केन्द्रमा रहेको बलिउड बिल्डिङको पहिलो तल्लाको १०५ नम्बरमा शुभयात्रा ट्राभल रहेको छ । झापाका तोया चौलागाई र दिलिप मैनालीका साथमा बुटवलका कृष्णप्रसाद भट्राईको संयुक्त लगानीमा शुभयात्रा ट्राभल एण्ड टुरिजम एलएलसी सुरु भएको हो ।
यस ट्राभलले युएईबाट बिक्री गरिएका टिकटहरुमा केही परिर्वन गर्नु परेमा काठमाडौंमा रहेको सुप्रिम होलिडे ट्राभलबाट फोन मार्फत सेवा प्रदान गरिने बताएका छन् ।
 विगत १२ वर्षदेखि ट्राभल क्षेत्रमा आवद्ध नेपालमा सुप्रिम होलिडे ट्राभल प्रालिका प्रबन्धक चौलागाईले युएईका नेपालीहरुलाई लक्षित गर्दै शुभयात्रा ट्राभल स्थापना गरिएको बताए । बरदुवईको केन्द्रमा विगत ५ वर्षदेखि सफलतापूर्वक सञ्चालित सिल्भर स्पुन रेन्टुरेन्टको सञ्चालक चौलागाईले नेपाली एयरलाइन्सको टिकट सस्तो दरमा उपलब्ध गराइने जानकारी दिएका छन् । विगत १५ देखि युएईमा कार्यरत बुटबल सालझन्डीका कृष्णप्रसाद भट्राई बरदुवईको मिनाबजारमा ब्लुसिटी इलेक्टिकल ट्रेडिङमा सञ्चालन गर्दा आर्जेको अनुभवले ट्राभल क्षेत्रमा लगानी गरेको बताए ।
           लामो समय युएईमा रोजगारीमा रहेका झापाका दिलिप मैनालीले पहिलो व्यवसायका रुपमा शुभलाभ ट्राभलमा लगानी गरेका छन् । यस क्षेत्रमा नयाँ भएपछि अनुभवी पार्टनरको सहकार्य र आफ्नो जनसम्पर्कका राम्रो भएका कारण शुभयात्रा ट्राभललाई सफलताको शिखरमा पुर्याउने बताएका छन् । युएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाहरुका लागि बैठक तथा अन्तक्र्रिया कार्यक्रम गर्न शुभयात्रा ट्राभलले निःशुल्क हल उपलब्ध गराउने सञ्चालक तोया चौलागाईले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्