Logo

रंगिन साँझ -२०१७

                     अनु सुवेदी, दस्तावेज संवाददाता, फुकुओका,जापान

प्राय: जसो जापानमा साँस्कृतिक कार्यक्रमहरु भईरहन्छन जापानमा अहिले बढ्दै गएको नेपाली समाजहरुले सहि ढङ्गबाट कार्यक्रमहरु सन्चालन गर्दै आउनुभएको छ यसले हाम्रो देश बिदेशसम्म चिनाउन ठुलो सहयोग पुगिरहेको छ ।

जापानमा धेरै जसो कार्यक्रमहरु चाड पर्वहरुलाई मध्यनजर गर्दै राखिन्छ यस्तै जापानको चाड गोल्डेन वइको बिदा पारेर मे ४ बिहीबार को दिन टोकियोमा रंगीन-साँझ कार्यक्रम गरिने भएको छ।रंगीन संसार डट कमको आयोजनामा टोकियोको मेगूरोमा रंगीन साँझ गरिने भएको हो । रंगीन साँझमा मोडल तथा गायिका ज्योति मगर, लोकगायक पुष्कल शर्मा, नृत्यकार स्मृति तिमिल्सिना र स्थानिय कलाकारको प्रस्तुती रहने यस कार्यक्रका अर्गानाईजर मुक्ति सुबेदी ज्युले दस्तावेज डटकमलाई जानकारी दिनुभयो । मे ४ तारिक बिहीबारै टोकियोको मेगूरो कुमिन सेन्टरमा रंगीन संसारको औपचारिक उद्घाटन गरिने कार्यक्रम छ । सुवेदीका अनुसार आयोजकले जापानबाट सक्रिय रुपमा पत्रकारिता गरिरहेका एकजनालाई ५० हजार जापानी यान बराबरको ‘रङ्गीन पत्रकारिता पुरस्कार ‘ प्रदान गर्ने योजना रहेको जनाएको छ । यो कार्यक्रम सभ्य र भब्य तरिकाले सम्पन्न होस् हाम्रो नेपाली संस्कृतिको मान मर्यादा मा ठेस नपुग्ने तरिकाले कार्यक्रम सन्चालन गरियोस् , दस्तावेज डट कमको तर्फबाट अग्रिम शुभकामना।

प्रतिक्रिया दिनुहोस्