Logo

नेपाली देशभक्त युवा समाजबाट पीडित शाहीलाई रु.७०,५६० र रक्तदान सहयोग

 दस्तावेज संवाददाता,बैशाख,११, भारत ,
बाबुराम बन्जाडे- दिल्ली कंचनपुर जिल्ला झलारी घर भएका जनक शाही बिगत झन्डै चार महिना देखि बोन क्यान्सरबाट पीडित हुनुहुन्छ । उहाँको अहिले एक महिना देखि भारत को दिल्ली स्थित राजिब गान्धी क्यान्सर अस्पतालमा उपचार भइरहेको छ। उपचारको क्रममा उहाँलाई धेरै खर्च आउने भएको कारण उहाले सबैसँग सहयोगका लागि अनुरोध गर्नु भएको कुरा हामिलाइ फेसबुक टुइटर समाजिक संजाल बाट जानकारी हुनासाथ मलेसिया मा कार्यरत नेपाल देशभक्त युवा समाज का सकृय सदस्य महेन्द्र कुमार बम ज्यु ले यसै नेपाली देशभक्त युवा समाजका क्षेत्रीय सदस्य बिरेन्द्र धानुक ज्यु लाइ जानकारी गराउनु भएको थियो।
                जानकारी पाए लगत्तै नेपाली देश भक्त युवा समाजका दिल्ली शाखा संयोजक बाबुराम बन्जाडे र सोही सस्थाका केन्द्रिय सदस्य राजन धामि ज्यु लाई जानकारी दिनुभएको थियो। बाबुराम बन्जाडे र राजन धामी पीडित शाहीको अवस्था बुझ्न अस्पतालमा गयौं र जनक शाहीलाइ हस्पिटलको सैयामा मा भेट्यौ । हामिले बिरामीलाई यसरी सोधपुछ गर्यौ, हामी भन्दा पहिले हजुर लाई भेट्न को लागि कुन कुन नेपाली संस्थाहरु आउनुभयो ? “उहाँले भनु भयो अहिले सम्म हजुरहरुनै हो” हुन त उहाँ ने. क .पा.एमाले को युवा संघ कन्चनपुर जिल्ला अध्यक्ष पनि हुनुहुन्छ तर उहाँले हामी प्रती सामाजिक तवरले सहयोग को आशा राख्नु भयो , हामी प्रती भावुक हुँदै आफू ले राम्रो उपचार पाए आफू बाँच्ने आशा राखेपछि हामिले हामी जस्तै उहाँलाई पनि बाँच्ने  अधिकार छ, श्रीमति बच्चाहरुको साथमा हाँसी खुसी जिउने अधिकार छ भन्ने सोच बनाएर यो अभियान शुरु गरेका थियौ। मानिस लाई पशुतुल्य राजनीतिको रुपमा होइन हामी हाम्रो दाजु भाइ, एक नेपाली पन,नेपाली मनले हेर्नुपर्छ भन्ने उदेश्यका साथ जनक शाही बचाउ अभियान चलाइएको हो। आज हामी सफल भएका छौ आज हाम्रो सानो सहयोग ले उहाँको बाच्ने रहर मा ठूलो साहस नेपाली देश भक्त युवा समाज ले उत्पन्न गराएको छ र बैशाख ९ गते का दिन नेपाली देश भक्त युवा समाज का केन्द्रिय सदस्य राजन धामी, दिल्ली शाखा संयोजक बाबुराम बन्जाडे र दिल्ली शाखा उपाध्यक्ष पुनाराम बन्जाडेको उपस्थितिमा नेपाली रु.७०,५६० रुपैया पीडित जनक शाही अनि उहाँकी श्रीमती मन्जु शाहीलाई हस्तान्तरण गरिएको छ र रक्त दान गर्नेहरुमा नेपाली देश भक्तयुवा समाजका केन्द्रिय सदस्य दिपेन्द्र कडायत सोही संस्थाका दिल्ली शाखा उपाध्यक्ष पुनाराम बन्जाडे रहेका छन्। अहिले सम्म को जानकारी अनुसार उहाँलाई चाहिने जति रगत जम्मा भएको छ र यदि अझै अावश्यक भएमा नेपाली देशभक्त युवा समाजलाई खबर गर्ने कुरा उहाँकी श्रीमति मन्जु शाहीले जानकारी गराउनु भएको छ। शाहीको उपचार हुदाँ सम्म नेपाली देश भक्त युवा समाजले जनक शाही बचाउ अभियान निरन्तर चलाउने निर्णय गरेको छ । 
प्रतिक्रिया दिनुहोस्