Logo

युगान्डामा मारिए एक नेपाली

                   वैशाख ९, २०७४- रोजगारीको क्रममा अफ्रिकी मुलुकको युगान्डा पुगेका भोजपुर, सल्मा गाबिस केउरेपानीका सिताराम बुढाथोकीको कमौलीस्थित एक उखुबगानमा भएको कामदार झडपमा हत्या गरिएको छ ।  युगान्डामा कार्यरत गैरआवासीय नेपाली संघका अध्यक्ष रमेश कँडेलका अनुसार बगानमा सुपरभाइजर पदमा कार्यरत बुढाथोकीको स्थानीय कामदारको आक्रमणमा परेर शनिबार बिहान निधन भएको हो ।  युगान्डा सम्बन्धी मामला इजिप्टमा रहेको नेपाली नियोगले हेर्ने भएकाले मृतक बुढाथोकीको शव फिर्ती एवं आवश्यक क्षतीपुर्ती प्रकृयाका लागि तत्काल पहल थालिने कँडेलले बताए । 

                ३२ वर्षीय बुढाथोकी १० वर्षअघि युगान्डा रोजगारीमा गएका थिए । यो घटनालाई हत्या वा दुर्घटना कुन रुपमा हेरिने हो त्यहीअनुरुप शव फिर्ती एवं अन्य कानुनी प्रकृया अघि बढ्ने भएको छ ।  बुढाथोकी कार्यरत कम्पनीले आवश्यक कानुनी प्रकृया टुङ्गिएपछि मृतकको शव फिर्ता लैजान सबै खर्च बेहोर्ने प्रतिबद्धता जनाएको कँडेलले बताए । अध्यक्ष कँडेलका अनुसार युगान्डाको राजधानी काम्पलाबाट झण्डै ४ घण्टाको गाडीबाटोमा पुगिने उखुबगानमा बुढाथोकी एक मात्र नेपाली कामदार थिए । तर, यही बगानअन्तर्गतको चिनी मिलमा ३ नेपाली कामदार कार्यरत छन् । युगान्डामा झण्डै ७० जना नेपाली कामदार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्