Logo

नयाँ वर्षमा एनसेलले ल्यायो आकर्षक रोमिङ् अफर

काठमाडौं, चैत्र ३०– जीएसएम मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले नयाँ वर्ष २०७४ को अवसरमा रोमिङ्मा रहेको बेलामा भ्वाइस, डेटा र एसएमएस सेवा प्रयोग गर्ने सबै प्रिपेड र पोस्टपेड ग्राहकका लागि आकर्षक रोमिङ् योजना ल्याएको छ ।

एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकका लागि दैनिक डेटा रोमिङ् प्याक, दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याकको योजना ल्याएको हो । यो सेवा अन्तर्गत एनसेलका ग्राहकले आफु रोमिङ्मा रहेको समयमा पनि आफ्ना परिवार, आफन्त तथा संम्बधित देशका व्यवसायिक साझेदारसँग सुलभ दरमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ । यो यो योजना बिहीबारदेखि लागु हुनेछ ।

दैनिक रोमिङ् डेटा प्याक अन्तर्गत एनसेलका ग्राहकले यो सेवा निःशुल्क सुचारु गरी करसहित मात्र ५ सयमा अनलिमिटेड डेटाको मजा लिन सक्ने कम्पनीले जनाएको छ । यो सेवा एक पटक सुचारु गरेपछि ग्राहकले निष्कृय नगरेसम्म सुचारु रहिरहने छ ।

नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतःनविकरण हुनेछ । शुल्क ५ सय भने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्नेछ । अर्थात प्याकन विकरण भएपनि डेटा प्रयोग नगरेमा प्याक बापतको शुल्क नलाग्ने तथा दैनिक रोमिङ् डेटाप्याक भारत, चीन, हङकङ, अमेरिका, बेलायत लगायतका ५३ देशमा लागू हुनेछ ।

त्यसैगरी आफू यात्रामा भएको समयमा भ्वाइस र एसएमएस सेवा चाहने ग्राहकले करसहित मात्र ५ सयमा दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याकलिन सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्