Logo

चार दिन पहिला कुवेत पुगेका सन्तोषले मानसिक सन्तुलन गुमाए

प्रदिप नेपाली

कुवेत, चैत २८ – चार दिन पहिला गत ६ तारिखमा कुवेत आएका सन्तोष थापाले मानसिक सन्तुलन गुमाएका छन् ।

स्वीफ्ट गोर्खा इन्टरनेसनल प्रा.लि. मार्फत कुवेत आएका तनहुँका सन्तोष थापाले कुवेत आएकै दिन मानसिक सन्तुलन गुमाएका हुन् ।

‘नासर साइद अल महमद’ कम्पनिमा आएका उनी विमानस्थलबाट कम्पनीमा पुगी पासपोर्ट बुझाउँदै गर्दा अचानक भुइँमा ढलेको सहकर्मीहरुले बताए । उनलाई तत्काल कम्पनीले आदान अस्पतालमा भर्ना गरेको थियो ।

उपचार हुँदाहुदै अस्पतालको वेडबाट भागेका उनलाई बंगाली नागरिकले बाहिर सडकमा रुदै बसेको फेला पारेको थियो ।

बंगाली नागरिकले नेपालीहरु खोज्दै जाँदा मध्यपश्चिम सेवा समाज कुवेतका अध्यक्ष गणेश रावतलाई भेटेर जिम्मा लगाएको थियो ।

रावतले कम्पनीमा सम्पर्क गरि सन्तोषलाई आवश्यक सहयोग गर्न अनुरोध गरेको बताए ।

आदान अस्पतालमा सामान्य उपचार गराएपनि उनको मानसिक सन्तुलन गुमेकोले कम्पनीको सहयोगमा थप उपचारको लागी शुवैख स्थित मानसिक अस्पतालमा राखिएको छ ।

उनलाई आइतबार नै नेपाल पठाउने प्रयास गरेपनि स्वास्थ्यमा सुधार नभएकाले झन् समस्या थपिएको छ । नेपाली दुतावासको सहकार्यमा छिट्टै सन्तोषको उद्दार गरिने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्