Logo

चोखो प्रेमको अनुभूति

नदेखिएको नछोइएको प्रेम झन् विशुद्ध र विछिप्त हुँदो रहेछ, जुन प्रेम आत्मा र परमात्मा दुवैलाई स्वीकार्य हुँदो रहेछ। हृदयदेखि लाएको माया सुन्दर र सार्थक हुँदो रहेछ जसको सहारामा जीवन खुसीले जिउन सकिदो रहेछ ! प्रेम न मर्दो रहेछ न जल्दो रहेछ न घट्दो रहेछ न बढ्दो रहेछ ! साचो प्रेममा न कुनै शर्त या तर्क, न कुनै भाउ या लेखाजोखानै हुँदो रहेछ ! एक निस्वार्थ प्रेमको लगाव र आकर्षण पनि बेग्लै हुँदो रहेछ, जहाँ न केही पाउने अभिलाषा न केही गुमाउने डर, न कुनै दाग, न कुनै क्लेश या खोट हुँदो रहेछ! चिनजान छोटो भए पनि, भेटघाटनै नभए पनि, शारीरिक सम्बन्धनै नराखे पनि एक साचो प्रेममा मन, मुटु लाई मायाले जित्दो रहेछ, जहाँ भावानामै हृदयको अति गहिरो सम्बन्ध बन्दो रहेछ ! जहाँ गएनी, जुन परस्थिति भएनी हृदय हरपल मायाकै पासमा हुँदो रहेछ ! 

      -जानकी पन्त जून

चोखो प्रेममा हृदयको सम्बन्ध शायद कैयौं जन्म देखिको हुँदो रहेछ, त्यसैले होला दुई मुटु बिचको पवित्र प्रेम बन्धनको शायद अन्त कहीँ कतै नहुदो रहेछ ! प्रेम एक हृदयबाट अर्को हृदयमा अनौठो रूपले बग्दो रहेछ, प्रेममा ह्दयको ढोका जुग–जुगको लागि खुल्दो रहेछ ! नदीहरुको संगम सागर भएझै, मायामा दुई मुटुको एउटै मिलन हुँदो रहेछ, परिचित अनुहार हजारौँ भए पनि हृदयले रोजेको व्यक्ति एउटै  हुँदो रहेछ ! बादलको संसार आकाश भएझै भावनाको संसार मन हुँदो रहेछ, मान्छे भौतिक रूपमा टाढा भएपनि भावनामा धेरै नजिक हुँदो रहेछ ! प्रकृतिको संसार पृथ्वी भएझै मायाको संसार मुटु हुँदो रहेछ, मायामा हरदिन चाहना अझ नाजिगीदो रहेछ ! मायाको परिकल्पनामा एक अनौठो अनुभूति हुँदो रहेछ, जति निश्चल मुटु छ त्यतिनै पारदर्शी प्रेम हुँदो रहेछ ! अनि जति सुन्दर प्रेम छ उतिनै आनन्दको अनुभूति हुँदो रहेछ ! भावनामा शरीरको पनि अति गहिरो सम्बन्ध हुँदो रहेछ, माया को नशा शरीरमा पनि छाउदो रहेछ, आफैलाई मेटाएर पनि यसलाई माया मेटाउन नसकिदो रहेछ !

प्रेम जहाँ पनि, जुन परिवेशमा पनि फुल्दो रहेछ! प्रेममै सृष्टि हाँस्दो रहेछ, प्रेमले नै जीवन बाँच्दो रहेछ, प्रेममै संसार रमाउदो रहेछ, प्रेममै सिर्जना पलाउँदो रहेछ ! प्रेम सूर्यको किरणसँगै उदाउँदो रहेछ, क्षितिजको उषासँगै हराउँदो रहेछ, फुल सँगै मुस्कुराउँदो रहेछ, जून सँगै छाउँदो रहेछ! प्रेमलेनै जीवनलाई परिभाषित गर्दो रहेछ, प्रेमलेनै संसार रमणीय बनाउँदो रहेछ ! प्रेम आकाशझैँ खुल्ला, सागरझैँ विशाल अनि धर्तीझैँ महान् हुँदो रहेछ! प्रेममा जिन्दगी अति सुन्दर र सुमधुर हुँदो रहेछ, जसको वर्णन शब्दले गर्न नसकिदो रहेछ !
प्रेम सत्य, शाश्वत र सुन्दर हुँदो रहेछ, प्रेमले जीवनलाई कलात्मक बनाउदो रहेछ, त्यसैले प्रेममा आदर्शता अनि सत्यताको आकर्षण पनि हुँदो रहेछ! प्रेमले जीवनमा उत्सुकता जगाउदो रहेछ, नयाँ आशा उमंग उत्साहहरु पलाउदो रहेछ! प्रेमको रापिलो रापमा मनका बिकार र दोष हरू जलेर खरानी हुँदो रहेछ ! प्रेमको अमृत धारा ह्दयबाट हरपल रसाउँदो रहेछ र त्यही अमृत पिएर जीवन ऊर्जावान बन्दो रहेछ।

नदेखिएको नछोइएको प्रेम झन् विशुद्ध र विछिप्त हुँदो रहेछ, जुन प्रेम आत्मा र परमात्मा दुवैलाई स्वीकार्य हुँदो रहेछ। हृदयदेखि लाएको माया सुन्दर र सार्थक हुँदो रहेछ जसको सहारामा जीवन खुसीले जिउन सकिदो रहेछ ! प्रेम न मर्दो रहेछ न जल्दो रहेछ न घट्दो रहेछ न बढ्दो रहेछ ! साचो प्रेममा न कुनै शर्त या तर्क, न कुनै भाउ या लेखाजोखानै हुँदो रहेछ ! एक निस्वार्थ प्रेमको लगाव र आकर्षण पनि बेग्लै हुँदो रहेछ, जहाँ न केही पाउने अभिलाषा न केही गुमाउने डर, न कुनै दाग, न कुनै क्लेश या खोट हुँदो रहेछ! चिनजान छोटो भए पनि, भेटघाटनै नभए पनि, शारीरिक सम्बन्धनै नराखे पनि एक साचो प्रेममा मन, मुटु लाई मायाले जित्दो रहेछ, जहाँ भावानामै हृदयको अति गहिरो सम्बन्ध बन्दो रहेछ ! जहाँ गएनी, जुन परस्थिति भएनी हृदय हरपल मायाकै पासमा हुँदो रहेछ !
मायामा प्राप्ति मात्र होइन त्याग पनि धेरै हुँदो रहेछ, मायामा एकअर्काको हाँसोखुशीको धेरै महत्व हुँदो रहेछ ! छातीमा कैयौं चोट र बोझ भएपनि, मायालेनै मनको घाउमा मलम लगाउदो रहेछ ! जति दुरी भएपनि, जति दुख सहेपनि हृदयले एक चोखो, मिठो अविरल प्रेम गर्दो रहेछ, जसको अनुभूति अति अदभुत र अनौठो हुँदो रहेछ, मायाको एक न्यानो स्पर्शमा मात्र पनि जीवन तृप्त हुँदो रहेछ !

कहिलेकाही स्वतन्त्र मन प्रेमको वासनासँगै वहकिंदो रहेछ, प्रेमका भावनाहरू यहाँ कानले होइन हृदयले सुन्दो रहेछ, त्यसैले प्रेममा मान्छे अन्धो मात्र होइन बहिरो पनि हुँदो रहेछ। जब सुमधुर संगीतको राघमा प्रेमरशमा जिन्दगी झुल्दो रहेछ, रंगिन बशंती बहारमा प्रेममा मन भुल्दो रहेछ! सुमधुर साँझमा, प्रीतको माझमा मायामा मन वहकिदो रहेछ, संसार लाई भुलेर, हर दुखलाई बिर्सेर मायाको समिपमा, मायाको करिबमा यो मन हराउन चाहदो रहेछ !

तर सोचेजस्तो कहाँ हुँदो रहेछर जीवन ? रोजे जस्तो कहाँ पाइने रहेछर सबैले, आँसु पुछ्ने हात कहाँ पाउदो रहेछन र ? सबैले, मायाको न्यानो साथ कहाँ मिल्दो रहेछ र ?  सबैलाई, जसको भाग्यमा जे लेखेको छ त्यहिनै हुँदो रहेछ ! तैपनि यो मनलाई बुझाउन धेरै गाह्रो हुँदो रहेछ ! मायालाई भुल्न खोज्दा मन भरिएर गलानै अवरुध हुँदो रहेछ ! सास चल्दा चल्दै रोकिन्छ जस्तो महसुस हुँदो रहेछ !
कहिलेकाही भौतिकवादी जीवनले आदर्शवादी जीवनलाई बाँच्न नदिदो रहेछ, त्यसैले व्यवहारले मायाबीच सांसारिक बाधा बन्धन आउँदो रहेछ ! जहा माया हुन्छ त्यही झन् धेरै चोट पनि हुँदो रहेछ ! मायाको दुखाईमा नदेखिने भित्री छटपटी हुँदो रहेछ, मायामा मुटु दुख्नु र भावुक हुनु स्वाभाविक हुँदो रहेछ । कैले चोट माया बुज्न नसकेर पनि मिल्दो रहेछ, माया जति लाउदा कठिन्, उतिनै बिछोडिदा कठिन हुँदो रहेछ! आफ्नै बाट टाढा हुँदा पिडा झन् असह्य हुँदो रहेछ! यथार्थमा माया साथमा नपाउदा मन झन् उदास र खिन्न हुँदो रहेछ !
मायामा यस्तो के रोग लाग्दो रहेछ, आफ्नै मन आफ्नै वशमा नहुदो रहेछ ! बिछोडिंदा सम्झनामा हरपल मुटु चस्किदो रहेछ, मायाको सम्झनामा हृदय यसै रुदो रहेछ! मायाको एक स्पर्शको लागि हृदय हरपल तड्पीदो रहेछ ! भौतिक चिजको केही कमी नभए पनि जीवनमा मायाको कमी धेरै खड्कीदो रहेछ ! जति सम्पन्न भए पनि माया बिना जीवन खल्लो लाग्दो रहेछ! जति ठुलो भिडमा पनि एक्लोपनको महसुस हुँदो रहेछ! माया बिनाको जीवन अपुरो, अधुरो, उराठ, उजाड र निरश हुँदो रहेछ! माया साथमा पाउँदा संसारनै जितेको महसुस हुँदो रहेछ तर त्यही मायामा तिरस्कार पाउँदा शंसारनै अन्धकार लाग्दो रहेछ !

प्रेम बिनाको जीवन गन्तव्य बिनाको यात्रा, साथी बिनाको जीवन, वसन्त बिनाको वर्ष, बर्षात बिनाको सावन अनि फूल बिनाको बगैचा जस्तै हुँदो रहेछ! शायद माया बिना जीवन असम्भवनै हुँदो रहेछ ! सृष्टिका हर एक चिज मायाबाट सृजित हुँदो रहेछ, मायाकै कारण जीवनमा एक मिठो मिठास र स्वर्गीय आनन्द आउदो रहेछ !

यो संसारमा मान्छे शायद मायाकै लागि जिउदो रहेछ, मायाकै लागि मर्दो रहेछ, मायाका अभिव्यक्तिहरू शब्दमा कोरेर व्यक्त गर्ने गर्न नसकिदो रहेछ! जीवनका यस्तै तिता मिठा भोगाईहरुनै जीवनको पथप्रर्दशक हुँदो रहेछ। कैलेकाही काल्पनिक भोगाइ वास्तविकता रंगिदो रहेछ अनि जीवनका अबिर्सनिय अनुभवहरू थाहै नपाई शब्दहरुमा कोरिदो रहेछ !

    हाल, लन्डन

प्रकाशित मिति, २०७४ साल, कार्तिक १ गते, बुधबार 

प्रतिक्रिया दिनुहोस्