अनन्त यात्रा
– सुनिल तिमल्सिना
सामान्यता त्यो यात्रा केही छोटो दुरिको थिएन ,बस त्यो त एउटा अनन्त दुरिको थियो । त्यो यात्रामा अनेकौँ रमाइलो ,कयौँ दुखान्त घटनाहरू घटेका थिए । त्यो यात्रा कस्तो अचम्मको थियो , जहाँ अनेकौँ कर्तव्य , अनेकौँ गन्तव्य र अनेकौँ हिच्कीचाहट । त्यो यात्राकाे एउटा यात्री बनी हिडिरहेको थिएँ म । सगैँ अनेकौँ त्यस्तै यात्रुहरू थिए,आ-आफ्नै गन्तव्य खोज्दै हिंडिरहेका बस मनमा कयौँ सपनाहरू बुन्दै ,मुखमा हल्का मुस्कान बोकेर र शरीरका कुना कुनामा कयौँ नैराश्यता र उदासीनता ।
यात्री थिएँ यात्रामा रमाउन खोज्ने तर कता कता कसरी खै किन त्यो यात्रामा अनेक बाधा र अड्चन आउँथ्यो र लाग्थ्यो कि त्यो यात्रा केवल त्यतिमै सीमित हुन्छ कि भन्ने । म जस्ता कयौँ यात्रीहरु छन् जो मायावी सुन्दरतामा मोहित भैदिने र यदि कुनै अप्रिय घटना घट्यो भने जिन्दगीकै अन्त आयो भन्ने सोच्ने । यो यात्रा यौटा जिन्दगी हो जुन कयौँ अगाडि देखि चल्दै आएको छ र कयौँ शताब्दीसम्म चल्दै जानेछ । हरेक यात्रीको आ-आफ्नै यात्रा थियोे ,दोबाटो थियोे बस कोही खोली तरेर गए त काेहि खोली वारिनै अल्झेर बसे ।
यात्राकाे दिन कयौँ मनमा आशा रहेछ, कयौँ मनमा डर र कयौंकाे मुखमा मुस्कान । डर ,आशा र मुस्कानका बिच म अाफ्नाे यात्रा गर्न खाली हात निस्कीएँ । बस त्यो यात्राको कच्चा खेलाडीका रूपमा निस्किएको म ,कयौँ डर खत्तम भए ,कयौँ मुस्कान बिलाएर गए र कयौँ आशाहरु मरेर गए किनकि म यात्रामा हिडिसकेको थिएँ ।
कच्चा खेलाडी न थिएँ , न त कसैको डर , न त कसैको माया बस माया थियो त त्यो यात्रा सुरु भएको स्थान किनभने त्यो यात्रा गर्ने सुनौलो अवसर त्येतैबाट मिलेको थियो । कच्चा खेलाडी न थिएँ , यात्राको विभिन्न नियम सिक्दै हिडेको र कयौँ नियम ,कर्तव्य त सिक्नै बाँकी थियाे ।
क देखि ज्ञ , ए देखि जेड सम्म अनेकौँ पाठ सिक्दै गएँ , भर्र्याङ् उक्क्लिदै गएँ तर पनि गन्तव्य मिल्दै मिलेन । जति माथि उक्लदै गएँ त्यति हाँसाे घट्दै गयाे , बाेझ बढ्दै गयो । पहिले न त कसैको डर लाग्थ्यो न त कसैकाे माया तर अब त पाइला पिछ्छे डराउँदै हिँड्छु , पाइला पिछ्छे मायाकाे भुमरीमा अल्झेर बसेको छु । यात्रामा अनेकौँ उत्तर-चडाबहरु अाएछन् , कयौँ आफैँले बुझेँ त कयौँ यात्राले नै बुझाईदियाे ।
समय बित्दै गयो , यात्रा को अन्त्यमा पुग्दै गएँ तर गन्तव्य अझै भेटिएन । याे त यात्रा अचम्मकाे रहेछ न त कसैले बुझे न त बुझेकाहरु नै रहे , बस यहाँ त अबुझहरु अल्झेर बसेका रहेछन् । म पनि त्याे अबुझहरुकाे बिच अाफ्नाे डेरा जमाएर बसेकाे थिएँ । दुनियाले सिकाएकाे नानाथरी पाठ सिक्दै गएँ ,नचाहिदो अन्धविश्वासलाई जिन्दगी बनाउँदै भेडा बाख्रा जस्तो बनी अघि बढिरहेँ तर पनि जिन्दगी गार्हाे नै थियाे ।
यात्रा सुरु गर्दा खालि हात हिँडेकाे तर आज हात भरिएका छन् , गाेजि भरिएर च्यातिन लागेकाे छ तरपनि मनमा खुसी थिएन , मुखमा हाँसाे थिएन र मनमा मानवता थिएन । मानव छ तर मानवता छैन ,हाँसाे छ तर खुसी छैन , राेदन छ तर आँसु छैन कस्ताे अचम्म ।।
अझै यात्रा चल्दै छ , उराठ लाग्ने गरी । यात्रा छाेट्टाे हाेला भनेकाे त लम्बिएको रहेछ तर पनि यात्रिहरु यात्रामा रमाउन सिकेका छैनन् बस् सोचेर बसेका छन् , नियतिलाई दाेष दिँदै छन् र हरबखत पुर्पुरोमा हात लाउँदै मृत्युकाे बाटाे राेज्दै छन् । दुई दिनकाे जिन्दगी भन्थे तर हुँदैन रहेछ । ती दुई दिन त दुई कराेड दिन जस्ता हुदाेँ रहेछ ; शायद मैले जिउन नजानेर पाे हाे कि ।
समय बित्दै गयो कर्तव्य बढ्दै गयाे , गन्तव्य हराउँदै गयो र लक्ष्य पनि मेटिँदै गयाे र यात्रा , यात्रा जस्ताे भएन । पूर्ण रूपमा परिपक्क नभई हिडेँ यात्रामा माया खाेज्न किन थाहा थिएन , कयौँ यात्री जस्तै म पनि पिछा गर्दै हिडेँ मायाकाे । आफूलाई दाेष दिउँ भने कता कता मनले मान्दैन सायद त्यहाँ दाेष समयकाे नै थियाे हाेला । भन्छन् नि , चाेक्टा खान गएकि बुढी झाेलमा डुबेर मरी ! हाे त्येसै भयाे मेराे यात्रामा पनि । कलिलो उमेरमा मायाको खाेजिमा हिँडेकाे तर लाग्दैन थियाे कि आज त्येहि मायानै मेराे यात्राकाे तगाराे बन्न पुग्छ भन्ने ।
एकान्तमा बसेर मनमा उठेका विचार धारासँग जुध्न खाेजेँ तर कयाैँ पटक विचारका धाराहरुले पच्छारिदियो । साेच्थेँ याे जिन्दगीकाे यात्रामा आफ्नै एउटा गन्तव्य हाेस् , एउटा दाेबाटाे हाेस् तर चाहेर पनि आज त्यसलाई बनाउन सकिँन न त नियतिकाे दाेष थियाे ,बस् दाेष थियाे त समय र चल्दै अाएकाे रितिथितिकाे । अब गर्न खाेज्छु , बढ्न खाेज्छु तर सक्दै सक्दिनँ , समयले नै नेटाे काटेपछि ………………….बस् समयले नै नेटाे काटे पछि कसको के लाग्दो रहेछ र ? ।
प्रकाशित मिति, २०७४ साल आश्विन २८ गते, शनिवार