जगेर्ना पनि विकास नै हो ।
प्रशान्त महासागर
तिमी म नेपाली भनेर विश्वमा गर्व गर्ने र पर्व मनाउने वास्तविक अर्थ अब केमा छ…? र मलाई दुखेको कुरा पनि त्यही हो । हुन त नेपालमा बुद्ध जन्मे भने तर व्यवहारले बुद्ध के त्यो सम्पूर्ण नेपाली बिर्से । त्यस्तै सगरमाथा नेपालमा अवस्थित छ भन्ने कुरा पनि छ तर के का लागि र किन अब भन्ने प्रश्न शिवाय विचार यहाँ बाँकी छैनन् । दावी अनेकले गर्दा नि होईन् भन्न सक्ने सफा विचार विमर्शमा हामी रहेनन् । परिस्थिति परिवेश सीता वा कुनै कोही ऋषी जो व्यासै भनौं जन्मिएको औचित्यतालाई नेपालीहरुले सहजै मेटाउदै लगेका अनेक सिद्धान्तहरुले गर्दा कुनै बेला भूगोलभित्र कुनै देश जुन अहिले अमेरिका भन्ने चर्चामा छ र नेपालीहरु विशेषगरि दासै बन्न पाए पनि रम्ने थलो बनेको छ जस्को उत्खननसम्म नहुँदा, यहाँ जिवितै रहेका परिवेश वा धरोहरहरु मेटाएर रम्ने हामी नेपाली बनेका छौं ।
जवसम्म इतिहास नै वर्तमानको लागि हो भन्ने ज्ञानबाट सुशोभित हुन सक्दैनौं तबसम्म वर्तमानले भविष्यलाई सुनिश्चिततामा रुपान्तरित गर्न सक्दैनौं । त्यस्तोमा विकास हुन्छ सोच्नु गलत दिशाको यात्रा ठहर हुन्छ । र हामी आम नेपालीहरु गन्तव्यहिन यात्रामा छौं किनभने जगेर्नालाई विकास भन्ने मनस्थिति हामीसँग छैन । फलत: हामी फरक कुरालाई विकास वा बुद्धिकै उपज मान्दै विनाशकै पक्षमा उभिएर वकालत गर्दै जीवन घिसार्ने काम नै जिउने प्रविधि हो मान्दैछौं । यो भनेको गरा गरामा वीउ त छर्यौं , के को त भन्दाखेरि फलको वा अन्नको नभई खोया प्राप्ति भन्दा अगाडि केहि गरेनौं । अभावकै प्रभावलाई जीवनकै हिस्सा हो भन्दै कति ठाउँमा सम्झौता त कति ठाउँमा आत्महत्या पनि सानो नै लाग्ने वा शरीर मासेर पनि जीवन गुजार्न सहर्ष खुशी हुने यावत कुराहरु छन् । यो भनेको हाम्रो जीवनले जुन बाँच्नको लागि चाहिने अक्सिजनलाई कार्बनडाइअक्साइड बनाई सोस्न खोजी रहेकै छ भन्नु नै हो । यस्तो परिवेश परिस्थितिहरु हामीले अबका दिनहरुमा त्याग्नुपर्छ ।
इतिहासलाई वर्तमानको पदचिन्हमा चल्न दिनुपर्छ भने वर्तमान भविष्यकै लागि खर्चिनु पर्छ भन्ने सानो सोचबाट नै ठूलो जीवन जिउनु पर्छ भन्नु नै हो । जस्को लागि सर्वप्रथम त राष्ट्रिय धरोहर संरक्षणलाई नै विकासकै अभिन्न अङ्ग मान्न सक्नुपर्छ । विगतबाट नै वर्तमानको शुरुवात भएको हो स्विकार्नुपर्छ । अप्ठ्यारो भो भएन यो पुरानो हो राखेर केही फाईदा छैन परिवर्तन रोज्नु पर्छ तर खोज्न फालेर कुनै नयाँ लगाउनु भनेको जन्म र जीवन दिनेहरु सट्टा अरु कुनै केहि क्षमताले स्थापना गर्न खोज्नुमात्र हो त्यो कुनै विकास वा परिवर्तन होईन, यो हामीले मान्नैपर्छ । मान्न नसक्नु आफन्त फेर्नु हो वा सट्टामा प्रयोग ल्याउनु हो । त्यसैले सिद्धान्त त्यो हुनुपर्छ कि जस्मा आमाबुबा दुबै सुरक्षित एवं संरक्षित होस् ना कि अप्ठ्रो वा उल्झन महसुस भई कुनै बृद्धाश्रममा छोड्नु वा कुनै धरोहर मासिनु मलाई लाग्छ, एउटै हो । अतः अब पनि हामीले नेपालीहरुले म नेपाली हुँ वा आफु कोही जो नेपाली माटोमा जन्मेर नेपाली हुँ भन्ने गर्व गर्ने हो भने सर्वप्रथम त पर्व स्वरुप के प्रस्तुत गर्ने हो त्यो सोच्नु नितान्त आवश्यक छ ।
यहाँ मैले पर्व भनेर कुनै उत्सवलाई होईन हामीले हामी नेपालीहरु यो कारण हौं भन्ने एउटा निशानीको कुरा गरेको हुँ । र त्यो कुरा किन गर्दैछौं भन्ने सवालमा हामीले हामीभित्रका संस्कारहरु जहाँबाट मासिए पनि त्यसको चिन्ता नहुनुले नै उठाएको हुँ । विगतबाट वर्तमानमा पुग्दाका पीडाहरुलाई राम्ररी मलम लगाएर निको वा स्याहारका प्रविधिहरु बिर्सिन थालियो भने त्यो घाउ भोलीको परिवेशमा कुनै नासुर बनि अजर सावित हुँदै काट्नु पर्ने अवस्थामा पुग्छौं । जीवन वा राष्ट्र अपाङ्गतामा पुग्छन् । तब दोष फेरि बाहिर नै खोज्न हामी बाध्य हुन्छौं । हामी त्यस्तै प्रविधिको शिकार भई मर्नका लागि मात्र जन्म हुन्छौं भने देश हाम्रो अरुको पोषण वा अरुकै लागि प्रयोगशाला वा थलो बन्दै जानेछ । त्यसैले जगेर्ना विना कुनै विकास सम्भव छैन । र हामीले हामी को हौं र किन हौं अब पनि विचारमा विमर्श गर्न सकेनौं भने बाँच्नुको पनि कुनै सार छैन ।
अन्तमा, नेपाल विश्वकै तपोभूमी हो, यो हामी नेपालीहरुले किन मनन गर्न सकेनौं । बुद्ध ज्ञानकै लागि जन्मे भने सगरमाथा स्वच्छ र सफाकै लागि छन् भन्ने कुरालाई व्यवहारमा हामीले उतार्ने संस्कार त्यागले सीता, भृकुटि एवं अरनिको अलपत्र पार्नुका साथै ऋषिहरुकै बदनामी धरोहर मासेर हामी नेपालीहरुले गर्दै आएका छौं । यो बन्द हुनुपर्छ । उत्खनन वा स्थापना जति सक्दो चाँडो गर्नु नै विकास साथै परिवर्तनको नौलो शुरुवात हो । यो हामीले गर्नुपर्छ नै । होईन भने आमाबुबालाई बृद्धाश्रममा राख्नु, परिवर्तन र विकास भन्नु त्यही एउटै हो ।