बैंक तथा वित्तीय संस्थाको संख्या पुग्यो १ सय ४६, शाखा कति ?
![](https://karobaraja.com/wp-content/uploads/2020/10/Bank-loan-businessman.jpg)
काठमाण्डौं – नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था संख्या १ सय ४६ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको असोज मसान्तसम्म देशभरमा १४६ बैंक तथा वित्तीय संस्था पुगेका छन् । केन्द्रीय बैंकका अनुसार २७ वाणिज्य बैंक, १९ विकास बैंक, २१ वित्त कम्पनी, ७८ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् । २०७७ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ९७६५ रहेकोमा २०७७ असोज मसान्तमा बढेर ९९०३ पुगेका छन् ।