Logo

घर र गाडिमा स्थिर व्याजदर : कुन बैंकको ऋण सस्तो ?

काठमाण्डौं – नेपाल राष्ट्र बैंकले असोज मसान्तभित्र कर्जामा स्थिर ब्याजदर तोक्न निर्देशन दिएसँगै बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । केन्द्रीय बैंकले कर्जा अवधिभरि परिवर्तन नहुने गरी स्थिर ब्याजदर निर्धारण गर्न दिएको निर्देशनसँगै अब स्थिर ब्याजदर कार्यान्वयनमा आउनेछ ।

केन्द्रीय बैंकले स्थिर ब्याजदर तोक्न निर्देशन दिदा केही असन्तुष्ट देखिएका बैंकहरु अन्ततः स्थिर ब्याजदर तोक्न बाध्य भएका हुन् । राष्ट्र बैंकले ऋण अवधिभर ब्याजदर तलमाथि नहुनेगरी स्थिर ब्याजदर लागू गर्न निर्देशन दिएको हो । यध्यपी नयाँ तथा कायम रहेका ऋणीले गतिशील ब्याजदर नै लागु गर्न चाहे त्यसलाई निरन्तरता समेत दिन सकिने जनाइएको छ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले हायर पर्चेज कर्जा ५ वर्षका लागि साढे ९ प्रतिशत, घर कर्जाका लागि ९ देखि ११ प्रतिशत ब्याजदर, व्यक्तिगत कर्जाको ब्याजदर १० देखि ११ प्रतिशतसम्म ब्याज तोकेको छ ।

नेपाल बैंक

नेपाल बैंकले पनि स्थिर ब्याजदर तोकेको छ । बैंकले घर कर्जाका लागि कम्तीमा ९.८५ प्रतिशत र सवारी कर्जामा १०.८५ प्रतिशत ब्याज तोकेको हो ।

कृषि विकास बैंक

कृषि विकास बैंकले सवारी कर्जाका लागि १०.५ प्रतिशत र घर कर्जाको लागि ११.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले घर कर्जाका लागि ८.४९ प्रतिशतदेखि १३.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । यस्तै, सवारी कर्जामा न्यूनतम ८.४९ देखि अधिकतम १३.९९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले घर कर्जाको लागि ११.९९ प्रतिशत ब्याज र गाडी कर्जाको ब्याज ११.९९ प्रतिशत तोकेको छ ।

सेन्चुरी बैंक

सेन्चुरी बैंकले घर कर्जाको लागि ११.४९ प्रतिशत देखि १२.९४ प्रतिशत सम्म ब्याजदर कायम गरेकोे छ । यस्तै सवारी कर्जा तथा व्यक्तिगत कर्जाको ब्याजदर ११.९९ देखि १२.९९ प्रतिशतसम्म रहेको छ ।

प्रभु बैंक

प्रभु बैंकले घरकर्जामा ९.९९ प्रतिशत देखि १०.९९ प्रतिशतसम्म र गाडी कर्जामा १०.२४ प्रतिशत देखि ११.२४ प्रतिशत ब्याजदर कायम गरेको छ ।

नेपाल बङ्गलादेश बैंक

नेपाल बङ्गलादेश बैंकले घर कर्जा ९.९ देखि ११.९ प्रतिशतसम्म र अन्य विविध कर्जाका लागि १२.९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले घर कर्जाको ब्याज ९.८९ प्रतिशत देखि ११.८९ प्रतिशतसम्म निर्धारण गरेको छ भने सवारी कर्जा ९.९९ देखि १०.९९ प्रतिशतसम्म निर्धारण गरेको छ ।

एसबीआई बैंक

नेपाल एसबीआई बैंकले घरकर्जामा १४.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ भने सवारी कर्जाको लागि लागि १४ प्रतिशत ब्याजदर तोकेको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले सवारी कर्जा १०.९९ प्रतिशत र घर कर्जाको ब्याज १०.७५ प्रतिशत निर्धारण गरेको छ ।

हिमालयन बैंक

हिमालयन बैंकले घर कर्जा ९.९९ प्रतिशत देखि १२.४९ प्रतिशत सम्म र सवारी कर्जा ९.९९ प्रतिशतसम्म कायम गरेको छ ।

सेञ्चुरी बैंक

सेञ्चुरी बैंकले घर कर्जाको लागि १२.७४ प्रतिशत ब्याज निर्धारण गरेको छ भने सवारी कर्जाको लागि १२.२४ प्रतिशत ब्याजदर कायम गरेको छ ।

बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूले ९.४९ देखि १२.९८ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । घर कर्जाका लागि ११.९८ प्रतिशत ब्याजदर रहेको छ भने सवारी कर्जाको लागि साढे ११ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।

एनएमबी बैंक

एनएमबी बैंकको घरकर्जाका लागि ९.४९ देखि १२.२४ प्रतिशतसम्म ब्याजदर कायम छ भने सवारी कर्जा ९.४९ देखि ११.२४ प्रतिशतसम्म रहेको छ ।

नबिल बैंक

नबिल बैंकले घर र गाडीको लागि १०.५० देखि ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेकोे छ ।

सानिमा बैंक

सानिमा बैंकले घर सवारी कर्जाका लागि ८.२५ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ ।

स्ट्यान्डर्ड चार्टड बैंक

स्ट्यान्डर्ड चार्टड बैंकले सवारी कर्जाका लागि १०.७५ प्रतिशतदेखि ११.७५ प्रतिशतसम्म, घर कर्जाका लागि १०.७५ देखि १३.७५ प्रतिशत सम्म ब्याजदर तोकेको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंक

नेपाल इन्भेस्टमेन्ट बैंकले ७.९९ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । बैंकले सवारीसाधनका लागि १०.७५ प्रतिशतबाट ब्याज तोकेको छ भने १० वर्षसम्मको घर कर्जाका लागि साढे १२ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

सनराइज बैंक

सनराइज बैंकले साढे १० प्रतिशतदेखि साढे १३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्