मानव बेचबिखन न्यूनीकरणका लागि पाठ्यक्रमले खेलेको भूमिका
शिक्षा सामाजिक रूपान्तरणको आधार स्तम्भ हो । जसले समाजमा भएका सबै वर्ग क्षेत्र, लिङ्ग,जाति र समुदायलाई सचेतना अभिवृद्धि गर्नुका साथै सबै जनतालाई सुसूचित पनि गराउँछ । यसलाई ज्ञान आर्जनको रूपमा लिने गरिन्छ । शिक्षाले समाज विकास र रूपान्तरणमा टेवा फु¥आएको हुनुपर्छ । शिक्षाले ब्यक्तिलाई आफू वरिपरिको परिवेशसँग चेतनाको आधार, बुझाइको स्तर निर्माण गरी मानव विकासका अबधारण सहज बनाउन सहयोग गर्दछ । मानव बेचबिखन न्यूनीकरणका लागि सरकारी तवरबाट औपचारिक शिक्षा एव अनौपचारिक शिक्षाका रूपमा समाजमा हुनसक्ने सम्भाव्य जोखिम घटाउनका लागि विभिन्न प्रकारका श्रव्य दृश्य सामाग्री निर्माण गरी वितरण गरिरहेको छ ।
फलत: नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रले मानव बेचबिखन तथा ओसारपसार जस्तो जघन्य अपराध न्यूनीकरणका लागि विध्यालयका पाठ्यक्रम प्राथमिक तहमा सामाजिक अध्ययनका विषयलाई प्राथमिकता राखी विध्यालय तहका कक्षा ५ बाट नै सामाजिक शिक्षा, यस प्रकारका पाठ्य शीर्षक राखी स-साना बाललिकाहरुलाई जोखिम न्यूनीकरण गराउन अध्ययन अध्यापन गराई चेतनाको स्तर अभिवृद्धिमा सहयोग पुर्याएको छ जसले गर्दा केहि हदसम्म जोखिम न्यूनीकरणमा सहयोग पुगेको छ । जवान युवायुवतीलाई, कक्षा ११/ १२ बाट समाजसास्त्रसँग सम्बन्धित रही समकालीन समाज जस्ता विषयमा समावेश गरी यस्ता गति विधिलाई न्यूनीकरण गर्न श्रोत पुस्तीकाको रूपमा काम गरेको छ । विशेष त युवायुवतीहरू, जो जोखिम समुहभित्र पर्दछन् उनीहरूलाई सचेतना दिने कार्य गरिएको छ । यी बिषयको माध्यमबाट समाजमा भए गरेका सामाजिक असमानता,सामाजिक बेमेल र समाजमा हुने गरेका विभेदकारी ब्यवाहारलाई न्यूनीकरणमा काम गरेको छ ।
विध्यार्थीलाई परिवर्तनको माध्यम बनाई समाजमा महिला हिंसा तथा मानव बेचबिखन न्यूनीकरणका लागि सामग्री श्रोत पुस्तकको रूपमा कार्य गरेको छ । यतिमात्र नभई बिभिन्न संघ संस्थाले अध्ययन सामग्री हाते पत्रपत्रिकाको माध्यमबाट पनि समाजमा भएका अन्धबिश्वासलाई न्यूनीकरणका प्रयास छन् । जसले गर्दा बालबालिकाहरूलाई सानै उमेर देखि समाजमा हुने,सामाजिक समस्याका सवालमा जानकारी प्रधान गर्दै यसबाट जोगिन अपनाउने सजगताको ज्ञान दिनुका साथै यसबाट बच्न अपनाउने सुरक्षाका उपाय,अपनाएको पाइन्छ ।
यसले समाजमा पारेको असर,हाम्रो सामाजिक दायित्वबोध सहितको ज्ञान दिएको छ । यसका अलावा समाजमा भएको असमान सामाजिक वितरण प्रणाली प्रमुख देखिन्छ । जसले गर्दा गरिब दिन प्रति दिन गरिब र धनी दिन प्रतिदिन धनी बन्दै जाने असमान सामाजिक व्यवस्थाले निम्त्याएको परिणामका रूपमा देखापरेको छ ।, समाजमा भएको असमान मूल्य मान्यता साथै लैङ्गिक भूमिकाको आधारमा गरिएको भेदभावपूर्ण व्यवाहार ,अल्पविकसित समाज, आर्थिक सुरक्षा कमजोर ग्राहस्त उत्पादन, बेरोजगारी, बढ्दो दण्डहीनता,सुशासनमा कमी महिलाको सम्पत्तिमा पहुँच नहुनु यी सबै प्रत्यक्ष वा परोक्ष हिंसा र मानव बेचबिखन का घटनाका आधार बनेका छन् । अतः दिन दुगुना र रात चौगुना फस्टाएको मानव बेचबिखन तथा ओसारपसार जस्तो जघन्य अपराध न्यूनीकरणको लागी गरिएका प्रयास सर्हाहनिय छन् तर अब यतिले मात्र पर्याप्त भने भएको छैन यसका लागि अझै पहल गर्नु जरुरी छ ।
(प्रकाशित मिति, २०७७ साल असोज १० गते शनिवार )
(लेखक विष्णु सापकोटा मानव बेचबिखनको क्षेत्रमा अनुसन्धानरत त्रि.वि.का विध्यार्थी तथा सामाजिक अभियन्ता हुनुहुन्छ ।)