Logo

न्यून आय भएकाहरुलाई स्वदेशी लघुवित्त तथा विसाल ग्रुपको सहयोग

कारोबार आज ,२०७७ साल साउन २० गते मंगलवार ,काठमाण्डौं – स्वदेशी लघुवित्त वित्तिय संस्था लि.ले उपल्लो माध्यमिक विध्यालय रेसुङ्गा नगरपालीका, तम्घास गुल्मीमा चटपटे बेचेर अध्ययन गरीरहेका विपन्न परीवारका दुई दाजु भाईलाई उनीहरुले अध्ययन गरीरहेकै स्कुलमा गई स्वदेशी लघुुवित्त वित्तिय संस्था तथा विशाल ग्रूपले संयुक्त रुपमा सहयोग गरेका छन् ।

तम्घास बजार गुल्मीमा घरायसी अन्य आम्दानीको स्रोत नभएकाले साँझ बिहान चटपटे बेचेर दिउँसको समय स्कुल पढिरहेका साथै आफ्नो बुवा मानसीक बिरामी भएकाले समस्यामा रहेको भन्ने दुई दाजुभाईको समाचार मिडियाबाट थाहा पाएर स्वदेशी लघुुवित्त तथा विशाल ग्रुपले संयुक्त रुपमा सहयोगको हात अगाडी बढाएको हो । ९ वर्षको कलिलो उमेरमै आमा गुमाएका ति दाजुभाईलाई आफ्नो बिरामीबुवाको समेत उपचार तथा रेखदेख गर्नुपर्ने जिम्मेवारी आईपरेको छ ।

उनीहरु दाजु १५ वर्ष र भाई १० वर्षका छन् भने ३ र १ कक्षामा अध्ययनरत छन् । संस्थाले स्कुुलमै पुगी एक कार्यक्रमको बिच उक्त स्कुलका प्रधानाध्यापक पिङ्की भुसालको रोहबरमा करीब १५ हजार बराबरको शैक्षिक सामग्री तथा लत्ताकपडाहरु उपलब्ध गराएको हो । हाल देशैभरी कार्यक्षेत्र विस्तार गरी लघुवित्त कार्यक्रम संचालन गरीरहेको राष्ट्रिय स्तरको लघुवित्त संस्था स्वदेशी लघुवित्त तथा विसाल ग्रुपले संयुक्त रुपमा धेरै ठाउँमा यस्तै यस्तै सहयोगका कार्यक्रम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्