Logo

कोरोना संक्रमण बढेसँगै बैंक तथा बित्तिय संस्थाहरुमा सन्त्रास थपियो

कारोबार आज ,२०७७ साल साउन २० गते मंगलवार ,काठमाण्डौं – कोरोना संक्रमण बढेसँगै बैंकवित्तमा सन्त्रास थपिएको छ । कोरोना परिक्षण रिपोर्टमा विभिन्न बैंकका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकवित्तको फ्रन्टलाइनमा काम गर्नेहरुमा सन्त्रास थपीएको हो । काठमाडौं बाहीर रहेका बैंकका शाखाहरुमा काम गर्ने कर्मचारीमा बढी सन्त्रास बढेको छ । बिरगञ्ज, धादीङ, इटहरी, धनगढी लगायतका ठाउँमा बैंकमा काम गर्ने केही कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ । बिभिन्न बैंकहरुले यसबारेमा आधिकारीक जानकारी र सूचनाहरु बटुल्ने काम गरीरहेको जनाइएको छ ।

उता गण्डकी प्रदेशस्थित गोरखा नगरपालिमा एक युवतीलाई कोरोना संक्रमण पुष्टि भएपछि वडानै सिल गरिएको छ। वडा अध्यक्ष कुल बहादुर कुँवरले सूचना जारी गरी वडा सिलसँगै वडा कार्यालयबाट प्रवाह हुने सेवाहरु पनि बन्द गरेको बताएका छन् । त्यहाँ अर्को सूचना जारी नभएसम्मका लागि सबै आबश्यक सेवा तथा बैंकवित्त समेत बन्द गरिएको व्यहोराको सूचना टाँस गरिएको छ ।

बीरगञ्ज कोरोना संक्रमणको उच्च जोखिममा

बीरगञ्ज र समग्र पर्सा जिल्ला कोरोना महामारीको संक्रमण चपेटामा परेको छ । यसअघि असार ३१ गते नारायणी अस्थायी अस्पतालमा १३ वर्षीय कोरोना संक्रमितको मृत्यु भएपछि त्यहाँ सन्त्रास बढ्न थालेको हो । गत साउन ६ गते सोही अस्पतालमा ७० वर्षीय अर्का संक्रमितको मृत्यु भएको थियो । हालसम्म पर्सामा मात्रै ११ जनाको मृत्यु भैसकेको छ । त्यसैगरी ४०५ जना कोरोना संक्रमतिको उपचार भइरहेको र १७६ जना उपचारपछि घर फर्किएका छन् । त्यहाँ बैंक, सरकारी कर्मचारी, स्वास्थ्यकर्मी प्रहरीगरी सबैजसो क्षेत्रका व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । जसले गर्दा अत्यन्तै सन्त्रास बढेको छ ।

प्रतिक्रिया दिनुहोस्