Logo

नेपाल बैंक लिमिटेडले ७.९९ प्रतिशत ब्याजमै घरकर्जा प्रदान गर्ने

 

कारोबार आज ,२०७७ साल साउन २० गते मंगलवार ,काठमाण्डौं – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले बजारको माग र चाहना बमोजिम नेपालको बैंकिङ्ग बजारमा सबैभन्दा कम ब्याजदर हुनेगरी पाँच बर्ष अवधिका लागी ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा प्रदान गर्ने भएको छ । घर निर्माण, घर खरिद तथा तला थपगर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घर कर्जा समेत स्वाप गर्ने सुविधा रहेको छ ।

यसको अतिरिक्त बैंकले नयाँ लघु उद्यम कर्जा, समृद्द व्यवसाय कर्जा र घडेरी कर्जा योजनाहरू पनि शुभारम्भ गरेको छ । लघु उध्यम कर्जा तथा समृद्द व्यवसाय कर्जा को वार्षिक ब्याजदर ८.९९ प्रतिशत रहेको र सो ब्याजदर पनि उक्त प्रकृतिका कर्जाहरूमा बैंकिङ क्षेत्रकै न्यून ब्याजदर हो । यस प्रकारका कर्जाहरू प्राप्त गर्नका लागी सम्बन्धित निकायमा दर्ता भई नियमित रूपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने क्रममा रहेका उध्योग वा व्यापार/व्यवसाय सञ्चालन तथा विस्तारको निमित्त रु. २५ लाख देखी रु. ९९ लाख सम्मको लागी लघु उध्यम कर्जा र रु. १ करोड देखी रु. ३ करोड सम्मको चालु तथा स्थिर पूँजी व्यवस्थापनका लागी समृद्ध व्यवसाय कर्जा उपलब्ध गराउन सकिने छ । दुवै प्रकारका कर्जाहरू अन्तरगत व्यवसायलाई आवश्यक पर्ने संरचना निर्माण, यन्त्र वा उपकरण, फर्निचर तथा फिक्स्चर्स खरिद गर्न स्थिर पूँजीकर्जा र चालु सम्पत्ति व्यवस्थापनको लागि चालु पूँजिकर्जा प्रदान गर्न सकिनेछ । लघु उध्यम कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेको ७ कार्य दिन भित्र निर्णय गरी प्रदान गर्न सकिने व्यवस्था रहेको छ ।

घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरी बैंकले घडेरी कर्जा पनि ल्याएको छ, जसको वार्षिक ब्याजदर ९.९९ प्रतिशत रहेको छ । घडेरी जग्गा खरिद गर्न र अन्य बैंक तथा वित्तीय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गरी ग्राहकको आवसिय आवश्यकता पूरागर्न यो कर्जाको सुरुवात गरिएको हो । यस कर्जा अन्तर्गत खरिद गरिने घडेरी जग्गा कम्तीमा साढे दुई आना वा साढे चार धुर देखी बढीमा एक रोपनी वा डेढ कट्ठा सम्म क्षेत्रफल भएको हुनुपर्नेछ । यो कर्जाको अवधि ५ वर्ष देखी २० वर्ष सम्म कायम गरिएको छ ।

नेपालकै फ्ल्यागशिप बैंकको रूपमा रहेको यस बैंकले १८६ वटा शाखाहरू, १२५ बटा एटिएम तथा २९ बटा एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ सेवा दिँदै आएको छ र चालु आ.व. भित्र सबै जिल्लाहरूमा शाखा सञ्जाल पुर्‍याई कुल शाखा संख्या २१४ पुर्‍याउने लक्ष्यका साथ कार्यहरू अगाडी बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्