Logo

सनराइज बैंक र एटी सर्भिसेज बीच अनलाइन रेमिट्यान्स सेवा सम्झौता

कारोबार आज, २०७७ साल साउन १७ गते शनिवार,काठमाण्डौ –  सनराइज बैंक लिमिटेड र हङ्गकङ्ग स्थित एटी सर्भिसेज (AT Services ) मार्फत अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार हङ्गकङ्गमा रहनु भएका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ । यसरी एटी सर्भिसेज (AT Services )मार्फत पैसा पठाउदा तुलनात्मक अधिक्तम उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको छ ।

एटी सर्भिसेज AT Services एटी सर्भिसेज मार्फत हङ्गकङ्गबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंक लि. का देशभर रहेका १३४ शाखाहरु र १० वटा विस्तारित काउन्टर तथा बैंकका देशभरी छरिएका १०,००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भुक्तानी लिन सकिनेछ । साथै बैंक खातावालाको हकमा भने, यो सेवा सनराइज बैंकको खातामा मात्र सीमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ । सनराइज बैंकको विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्रिनेमा बैंक विश्वस्त छ ।

प्रतिक्रिया दिनुहोस्