Logo

बाबा…. एसिड छेक्ने मास्क पाइन्न ?

साँच्चै नै आजकाल दिनानुदिन दिन कति सहज झैँ लाग्दैछ एसिड आक्रमण , जताततै एसिड आक्रमणको मात्र समाचार सुनिन्छ एकपछि अर्को गर्दै । मानिस कति विकसित भएछ कति वैज्ञानिक भएछ कि बल्ल बल्ल एक पटक पाएको सुन्दर मानव जीवनलाई तहसनहस बनाउन कुनै डर नै छैन सङ्कोच नै छैन कति सहज रूपमा लिइएको छ यो मानव जीवनलाई अनि आफू संसारको हिरो जसलाइ जे गरे पनि हुन्छ भन्ने हिट्लर मनोवृत्ति को विकासले हाम्रो समाजलाई कता डोर्याउदै छ गम्भीर हुने समय आए झैँ लाग्छ ।

                                                 – बेनाम बादशाह

सानो कुराले पनि मानिसलाई धेरै अर्थ बोध गराउने ग्रन्थ बराबरको गहिराइ छोडेर गएको हुने रहेछ । त्यस्तै भयो आज मेरो जीवनमा पनि । यही अहिलेको ताजा समाचार एसिडको बारेमा भिडियो हेर्दैथिएँ मेरी ६ वर्ष को छोरीले नजिकै आएर भनिन् बाबा कोरोना छेक्न हामीले लगाउने जस्तै एसिड रोक्ने मास्क पाइन्न र बजारमा ? यो प्रश्नले म मौन भए , एक छिन टोलाए पनि र उनले सोधेको प्रश्नको जवाफ दिन असमर्थ भएँ , एक छिनको लागि अवाक् भएँ म र भिडिओ बन्द गरेर छोरी लाई खाना खान जाऊ भनेर भान्सा तिर लागें।
सुन्दा सामान्य लाग्ने यो प्रश्नले मलाइ धेरै गहिराइमा पुर्यायो र मनमनै सोचें यदि मेरो छोरीले भनेझैँ एसिड छेक्ने मास्क भएको भए हाम्रा धेरै छोरीहरू एसिड आक्रमणबाट बच्ने थिए होला र उनको बाल मनोविज्ञानमा म पनि छोरी मान्छे हो सायद मैले पनि एसिड आक्रमण भविष्यमा भोग्नुपर्छ भन्ने लागेर नै हुनसक्छ मलाइ त्यो सवाल गरेकी छोरीले ।

साँच्चै नै आजकाल दिनानुदिन दिन कति सहज झैँ लाग्दैछ एसिड आक्रमण , जताततै एसिड आक्रमणको मात्र समाचार सुनिन्छ एकपछि अर्को गर्दै । मानिस कति विकसित भएछ कति वैज्ञानिक भएछ कि बल्ल बल्ल एक पटक पाएको सुन्दर मानव जीवनलाई तहसनहस बनाउन कुनै डर नै छैन सङ्कोच नै छैन कति सहज रूपमा लिइएको छ यो मानव जीवनलाई अनि आफू संसारको हिरो जसलाइ जे गरे पनि हुन्छ भन्ने हिट्लर मनोवृत्ति को विकासले हाम्रो समाजलाई कता डोर्याउदै छ गम्भीर हुने समय आए झैँ लाग्छ ।

आफ्नो स्वार्थको लागि कसैको जीवन उजाड बनाउनु कति मानव सङत छ होला र ? कुन धर्म संस्कारमा यसरी अमानविय व्यवहार गर्न छुट होला र मानिस यस्तो व्यवहार गर्न अग्रसर हुन्छ होला त ? जीवनमा कसैको महत्व कसैले आकलन गरेको आधारमा सृजना हुन्न र यस धर्तीमा जन्म लिएपछि सबैको आफ्नो परिवार आफ्नो गाउँ समाजमा आफ्नै महत्व छ र कसैले न त एसिड हान्नको लागि कसैको जन्म भएको न त कसैलाई एसिड प्रहार गर्न नै कोही जन्मेको हो । आफ्नो झिनो स्वार्थको लागि कसैको जीवनमाथि खेलबाड गर्न कसैलाई कुनै राज्य ,सरकार ,धर्म ,सस्कृती कसैले छुट दिएको छैन र यस्तो गर्नु धार्मिक हिसाबमा पाप हो अनि सामाजिक रूपमा गैर कानुनी हो । यस्तो कार्य गर्ने लाई यति कठोर सजायको व्यवस्था हुनुपर्छ कि अरू कसैले फेरि त्यस्तो अपराध गर्ने हिम्मत नगरोस् ।

म कसैको चाहना हौला अनि मेरो चाहना अरू कोही होला यो त विधि को विधान नै हो , कोही कसैको भएन भन्दैमा यस्तो अमानविय व्यवहार गर्न कसरी उद्धत हुन्छ होला र , माया जबरजस्ती पाइन्न न त कुनै करकापमा यो त सायद पुनर्जन्म कै लेखान्त नसिव हुने गर्दछ भने आफ्नो लेखान्त नसिव अनि कर्म किन बदल्न खोज्छौ हामी ? हामीले जस्लाइ चाहन्छौ र नपाउँदा त्यस्तो एसिडको हरकत गर्छौ भने एक पटक सोचौँ त हामीलाई चाहनेलेपनि हामीले वास्ता नगरेको देखेर हामी माथि त्यस्तै एसिड आक्रमण गर्ने हो भने के हामी सहौला र ? प्राप्ति मात्र प्रेम होइन उनी सधैँ खुसी भएको हेर्नु झन् ठुलो प्रेम हो भने हामी किन बुझ्दैनौ ?

महिलासँग अनैतिक सम्बन्ध राख्ने हामी पुरुष , महिलालाई गाउँ समाजमा मुख देखाउन नहुने बनाउने हामी पुरुष , अनि यस्तो अवस्थामा छोडेर भाग्ने पनि हामी पुरुष नै तर यति अन्याय हुँदा पनि पुरुषमाथि कुनै महिलाले एसिड आक्रमण गरेको सुनेका छौ हामीले ? बरु विवश भएर आत्महत्या गर्न बाध्य हुन्छिन् महिला तर यस्तो अमानविय काम कहिले गर्दिनन् यति कोमल मनका धनी हुन्छन् महिला तर हामी जाबो एउटा स्वार्थ पुरा नहुँदा अनि आफूले उन्लाइ नपाउँदा उनलाई कुरूप बनाउन उद्धत हुन्छौ के यही हो हाम्रो पुरुषार्थ ? महिलालाई देवी मान्ने देश मा महिलाको स्थान यति तल गिरिसकेको छ होला र ?

फूललाई चुँडेर होइन मलजल पानी हालेर आफ्नो माया दियौ भने नै फुल को सुन्दरता रही रहन्छ ,टिप्यो भने फुल को अस्तित्व नै समाप्त हुन्छ त्यसैले सम्मान गरौँ सम्मानित बनौँ । सम्मान दियो भने अवश्य आफूले पनि सम्मान नै पाइन्छ । जस्तो कर्म गर्‍यो त्यस्तै फल पाइन्छ त्यही भएर यस्तो एसिडको हरकत गर्नेलाई पनि एसिडकै प्रयोगले तड्पाइ तड्पाइ राख्ने कानुन बनाउनु पर्छ ताकि फेरि अर्कोले यस्तो हर्कत गर्ने हिम्मत नगरोस् ।

                  झापा, नेपाल 

प्रकाशित मिति : २०७७ साल साउन १५ गते, बिहिवार

प्रतिक्रिया दिनुहोस्