Logo

भारतको चालू मौद्रिक नीति, यस्ता छन् मूख्य विशेषताहरु

कारोबार आज, साउन ११ गते आइतवार, २०७७,काठमाण्डौं – भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले रिपो दर ६.०० बाट ५.७५ प्रतिशतमा झारेको छ । गभर्नर शक्तिकान्त दासले आर्थिक वर्ष २०१९।२० मा परिमार्जन गरी रिपो दर ०.२५ प्रतिशत घटाएर नौ वर्ष यताकै न्युन बनाएका छन् । फलस्वरुप, रिभर्स रिपो दर ५.५० र बैंक दर ६ प्रतिशत कायम भएको छ ।

 भारतको चालू मौद्रिक नीतिका मूख्य विशेषताहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

भारतको चालू मौद्रिक नीतिले मूल्यवृद्धि दर ४ प्रतिशतमा कायम राख्ने लक्ष्य लिएको छ । बैंकबाट सहज र सुलभ दरमा कर्जा उपलब्ध गराउनका लागि आरबीआईले कृषि, निर्यात, साना तथा मझौला उद्योग, शिक्षा, हाउजिङ, सामाजिक पुर्वाधार, नविकरणीय उर्जा र विपन्न वर्गलाई प्राथमिकताप्राप्त क्षेत्रको रुपमा छुट्याएको छ । यी क्षेत्रमा बैंकहरुले कुल प्रभाहित कर्जाको ४० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था छ । जसमध्ये, कृषिमा १८ प्रतिशत, साना तथा मझौला व्यवसायमा ७.५ प्रतिशत र विपन्न तथा पिछडिएको वर्गमा १० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने नीति रहेको छ ।

भारतमा कर्जा निक्षेप अनुपात ८० प्रतिशतभन्दा कम राख्नुपर्ने व्यवस्था छ । अहिले यस्तो रेसियो ७८ प्रतिशत नाघेको अवस्था छ । बैंकिङ क्षेत्रको काउन्टरपार्टी कन्सन्ट्रेसन रिस्कलाई सम्बोधन गर्न आरबीआईले अप्रिल १ देखि लागू हुने गरी लार्ज एक्स्पोजर्स फ्रेमवर्क (एलएएफ) को व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्