Logo

सनराइज बैंकको संचालक समितिमा विवाद ,बोर्ड मिटिङमा सिइओ हटाउन दवाव

कारोबार आज, साउन ११ गते आइतवार, २०७७,काठमाण्डौं – सनराइज बैंकको संचालक समितिमा विवाद उत्पन्न भएको छ । प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौडेल र अध्यक्ष मोतिलाल दुगडलाई संचालक समितिका अन्य सदस्यलले हटाउने तयारी गरेका छन् । उनीहरुले सिइओ हटाउन दवाव समेत दिएका छन् । अन्यथा संचालक समितिका अध्यक्ष र सिइओ दुवैलाई हटाउने उनीहरुले चेतावनी दिएका छन् । अध्यक्ष मोतिलाल दुगड र सिइिओ जनकशर्मा पौडेललाई संचालक समितिका अन्य सदस्यले एकलौटी ढंगले काम गर्न खोजेको भन्दै विरोध गरेका हुन् । संचालक समितिमा रहेका ७ सदस्यमध्ये अध्यक्ष बाहेक ६ जना सदस्य सिइओका बिरुद्ध उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्