Logo

३६ औं वार्षिकोत्सवको अवसरमा नबिल बैंकले दियो कर्जामा विशेष छुट

कारोबार आज,२०७७ साल साउन ३ गते,शनिवार,काठमाडौं –  वर्तमान महामारीलाई मध्यनजर गर्दै, नबिल बैंकले सम्पूर्ण ऋणी ग्राहकको आवश्यकतालाई सहज पर्ने उद्देश्यले “३६औं वार्षिकोत्सव योजना” ल्याएको छ । उक्त योजना अन्तर्गत, बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष व्याज छुट दिने छ ।

जस अन्तर्गत ,

  •  घर कर्जामा – ७.९९%
  •  धितो कर्जामा – ८.४९%
  • व्यक्तिगत ओभरड्राफ्टमा – ८.४९%
  • साना तथा मझौला कर्जामा – ७.९९%
    सीमित समयको लागि बैंकले ल्याएको विशेष छुट वार्षिकोत्सव योजनाको प्रक्रिया सबै शाखाहरुबाट अगाडी बढाउन सकिनेछ । यस योजनाबाट रिटेल र साना तथा मझौला ब्यवसायका ग्राहकहरुलाई केहि सहायता पुग्ने बैंकले विश्वास गरेको छ । सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भुमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहक वर्गको उच्च सन्तुष्टी एवं आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नेतर्फ केन्द्रित रहेको छ ।
प्रतिक्रिया दिनुहोस्