Logo

कुमारी बैंक लिमिटेडबाट जोन्ता क्लब काठमाडौं नेपाललाई ७ लाखको चेक हस्तान्तरण

कारोबार आज,  २०७७ साल असार ३० गते , मंगलवार काठमाण्डौं – कुमारी बैंक लिमिटेडले संस्थाका प्रसंशनीय कार्यहरुको कदर र सम्मान स्वरुप ‘जोन्ता क्लब काठमाडौं नेपाल’ लाई आज सहयोग गरेको छ ।  बिगत लामो समयदेखि संस्थाले समाजमा लैङ्गिक भेदभाव, अत्याचार एवं हिंसाको विरुद्धमा आवाज उठाउने लगायत महिलाहरुको हकअधिकारका सम्बन्धमा विभिन्न क्रियाकलाप तथा कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

यस संस्थाको मुख्य उद्देश्य महिला हक अधिकार, सशक्तिकरणका मुद्दा मामिलाहरुमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरुको ध्यानाकर्षण गर्दै उनीहरुकोे क्षमता अभिवृद्धि गर्दै लैजानु रहेको छ । यस संस्थाका प्रसंशनीय कार्यहरुको कदर र सम्मान स्वरुप उक्त सहकार्य गरिएको बैंकका पदाधिकारीहरुले जानकारी दिए । कुमारी बैंकको टंगालस्थित प्रधान कार्यालयमा एक संक्षिप्त कार्यक्रम माझ बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुज मणि तिमिल्सिनाले जोन्ता क्लब काठमाडौं नेपालकी अध्यक्ष सीमा गोल्छालाई सहयोग रकम स्वरुप ७ लाखको चेक हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्