Logo

मैले नियालेको एउटी नारी

 “उ मृत्यु बोकेर लम्केकी छे कहिलेकाहीँ उदाहरणमा हाम्रा अनन्य मित्रहरू जसले विविध कारण बस हामीलाई छाडेर गए तिनै मित्रहरूको उदाहरण पोखेर उ जीवन विसर्जन गर्ने आँट गर्छे अनि लगतै साहस बुटुलेर जिउने वाचा गर्छे सहनशिलताकी प्रर्तिमुर्ती महान नारी हो उ । मलाई यसो भन्दा कुनै आत्मग्लानी छैन मैले जिन्दगीमा गरेको सबैभन्दा ठुलो भूल हो उसको प्रेमको अस्विकृती ! बाहनाहरुलाई पन्छाएर अगाडि बढ्ने हिम्मत गर्न नसक्ने म आफैँ नालायक थिएँ दोष उसको उपर थोपरियो ।”

                                       -अमन ‘एकल ‘

सैले नारीलाई नवदुर्गाको नव अवतारका रूपमा पुजेका छन् त कसैले तिनै नारीलाई दुर्योधनको सभामा जुवामा हारेकी द्रौपदी सम्झेका छन् सबैका आ-आफ्नै बिचार हुन्छन् त्यही बिचारले उनीहरूको मानसिकता प्रष्ट खुलाएर राखिदिन्छ । जिन्दगीका आधा प्रहर कट्नै लाग्दासम्म जन्मदिने आमा, प्यारी बहिनी देखि लिएर साथी र परचक्री नारीसम्म अनेकौँ नारी जिन्दगीमा आए । सबैलाई आफ्नो आमा महान लाग्छ र मलाई पनि । त्यस्तै अर्को नारी सम्झिँदा अधिकांशले छुटेकी प्रेमिका या दिदीबहिनीमा एक सम्झिन्छन् तर म त्यस्ती एक नारी सम्झिन्छु जो सहनशीलताको प्रतिमुर्ति हो जसले नारीलाई हेर्ने पुरुषको नजर बदल्न सकोस् ।

हुन त केही नारी नारीका नाममा कलंक पनि नभएका होइनन् तर नौ महिना गर्भमा राखेर जन्मदिने आमा , जिन्दगी नै न्यौछावर गरिदिने जीवन संगीनी, आदर्शका पाठ पढाउने दिदी र प्रेम सिकाउने बहिनी सबै नारी नै हुन् भन्ने भुल्नु हुन्न नारी बिनाको पुरुष र पुरुष बिनाको नारी साँच्चिकै सदा अपुर्ण नै रहन्छन् । सबैको आ-आफ्नै आत्मसम्मान हुन्छ तर यहाँ यो आत्मसम्मान मौका खोज्दै लुट्ने र त्यसैमा रम्नेहरुको लाम छ । उदाहरण तपाईँ हाम्रै बस्तीमा प्रशस्त भेट्न सकिन्छ ।

“सहनशीलताको उदाहरण बन्ने गल्तीले जिन्दगी कहीँ दुर्गन्धित गल्लीमा अल्झिएरहेको बुझेर पनि उसका पाइलाहरू चल्नुपूर्व जीवन बिदाइका वसन्त कटाउँदै गरेका जन्मदाता सम्झिएर पुनः त्यही गल्ली त्यही दुर्गन्ध स्वीकार्छन् । अस्ताउँदै गरेको सूर्यलाई हेरेर उसको एक झुल्को घामको प्रतीक्षामा पुरा रात अनिँदै कटाएको जस्तै उ जिन्दगी बिछ्याएर सहनशीलताको सिरानी राखेर दर्दका च्यादर ओढिरहेकी छ हिजो पनि र आज पनि !”

जिन्दगीका अनेकौँ उतारचढाव पार गर्ने क्रममा मैले कुनै प्रहरको कुनै अप्ठ्यारो परिस्थितिमा अल्झिरहेको बखत भेटेको हो उसलाई शायद झन्डै डेढ दशक पूर्व ! निकै खुशी देखिने मान्छे उ मनभित्र पिडाका निकै अग्ला पहाडमाथि कालो बादल मडारिँदै गरेकी उ आफ्नो अवस्था अरूलाई व्यक्त गर्न नसक्ने हालतमा थिइ । म सम्झन्छु ती पलहरू अनि आज सोच्छु कोही कसरी यति धेरै त्याग गर्न सक्छन् अरूका लागि ? आफ्नो अस्तित्व लाई पानीको फोका झैँ फुटाएर कसैको स्थायी खुशीका लागि जिन्दगी न्यौछावर गर्न लागिपरेकी उनलाई मित्रताको निकै वसन्त पार गरेपछि मात्रै राम्रोसँग बुझ्न सकेँ मैले ।

सहनशीलताको उदाहरण बन्ने गल्तीले जिन्दगी कहीँ दुर्गन्धित गल्लीमा अल्झिएरहेको बुझेर पनि उसका पाइलाहरू चल्नुपूर्व जीवन बिदाइका वसन्त कटाउँदै गरेका जन्मदाता सम्झिएर पुनः त्यही गल्ली त्यही दुर्गन्ध स्वीकार्छन् । अस्ताउँदै गरेको सूर्यलाई हेरेर उसको एक झुल्को घामको प्रतीक्षामा पुरा रात अनिँदै कटाएको जस्तै उ जिन्दगी बिछ्याएर सहनशीलताको सिरानी राखेर दर्दका च्यादर ओढिरहेकी छ हिजो पनि र आज पनि !

भोकले रोटी सम्झिएझैँ बगरमा तड्पिएको माछाले नदी सम्झिएझैँ उसले जिन्दगी सम्झेकी छ तर बगरमा तड्पनु मै पाएको छ कसैले जीवन कसैलाई त्यही जीवन उपहारस्वरुप दिनको खातिर उ बगरमै छे, भोकै छे, आखिर यो भोक र बगर कहिलेसम्म जुर्छ उसलाई ?

“सन्ध्याले धर्तीमा जरा गाड्दै गर्दा क्षितिज पारिको घाम बनेकी आमाको एक थोपा प्राणको खातिर , कसैको एक प्रहर जिन्दगीको लागि, लज्जावती फूल झैं जीवनको ढोका घरी खोल्दै घरी बन्द गर्दै उ बाँचिरहेकी छे अझ भनौँ बाँचेको नाटक गरिरहेकी छे ।उसको एक बिस्कुन सपनामाथि एक बथान परेवाहरूले रजाइँ गरिरहेका छन् बारबार छरिएका सपनाका दानाहरू टिप्दै सुकाउँदै गर्दा एकहुल दर्दका पाठाहरुको बुर्कुसीले पुनः आँगन भरी छरिएको बिस्कुन सम्हाल्ने हिम्मत रहेन अब म मा उसले अन्तिम सम्बादमा यही भनेकी थिइ जीवनबाट हारेर होइन जीवनलाई आफूले हराएर जिउनुपर्छ मेरा अन्तिम सम्बादमा बोलिएका शब्दले स्थान पाएका छन् उनका जीवनमा र बारबार मरेर बाँचेको अभिनय गरिरहेकी छ उ ।”

उ एउटा कविता हो, उपन्यास हो, कथा हो , गजल हो ,मुक्तक हो , समग्रमा उ हरेक क्षेत्रबाट नियाल्दा आफैँमा पूर्णतः सम्पूर्णताको प्रतीक हो भन्छु म ! तै पनि एक शब्दमा लेखिएको नारी शब्दमा अक्षर बिनाको डिक बनेर बाँच्नुपरेको छ उसले । अक्षर बिनाको डिक बनेर बाँच्न कति असहज हुन्छ त्यो त धागो चुँडिएर हावाको वेगले हुत्याईँदै गरेको चङ्गालाई बराबर कसलाई थाहा होला र ?

त्यसो त कयौँ नारीले नारीकै इज्जत गर्न सक्दैनन् अनि पुरुष माथि दोषारोपण गरिरहेका छन् तै पनि पुरुषबादी समाज र बिचारको विरोधी हुँ भन्न मलाई कुनै संकोच छैन । यसो भनिरहँदा केही नारी र पुरुषहरूले यो लेखक माथि नै प्रश्नचिन्ह खडा गर्न सक्छन् लेखककै हैसियत र बिचारमाथि लाञ्छना लाग्न सक्छन् ,यी सबै कुराहरूलाई एकातिर पन्छाएर सोच बिचार बदलेर समाज बदल्ने लक्ष्यमा पहिलो पाइला चाल्न सम्पूर्ण नारीहरूलाई अनुरोध गर्दै साथ र समर्थनमा लेखकले आफ्नो तवरबाट सक्दो प्रयास गर्नेछ भन्नेमा विश्वस्त दिलाउन चाहन्छु ।

आफू नारी हुँ भन्ने ज्ञात नहुँदै आफ्नो संरक्षकनै राक्षस बनेर आधारातमा झम्टिँदा बन्द कोठामा दबिएको आवाज झन्डै दुई दशक पार गरिसक्दा पनि दबिएकै छ ।  भरिलो यौवन छोक्रा नहुन्जेल चुस्ने लालची आफन्ती नजर हट्ने नाम निशान छैन उ अझै दबिएकै छे आमाको खातिर, परिवार र समाजको खातिर । उ अशिक्षित छैन छँदै छैन पक्का उ अन्जान अज्ञानी हुँदै होइन तर बाध्यताको रसिले कसेपछि एक सर्को मुस्कान छरेर सबथोक सहिरहन्छे ,थाह छैन कहिलेसम्म ?

सत्य म बोल्न र लेख्न सक्दिनँ उसका शब्दमा सत्य उम्लिरहेछन् पोखिनु पर्ने निक्कै ढिला भैसकेको छ काश; असत्यको राजमा सत्यको मधुर ध्वनि गुन्जिँदो हो त ! अनुनय र विनयका मादल,ढोलकहरूले अन्तरमनमा दर्दका ज्वाराभाटहरु जलाएर ज्वालामुखी उराल्ने थिएनन् कि ?

“नारी जननी हुन् धर्ती हुन् भन्नेहरूले अनेकौँ दृष्टिकोणले नारीका गाथा लेखेका छन् । म आफ्नै नयन सामुन्ने त्यही नारीको चरित्र नङ्याएर उत्वस मनाइरहेका केही बथान ब्वासोका टाउको, चिप्ला जिब्रो र धूर्त स्वभाव भएका माहापुरुषहरु देख्छु । दिनभरि स्कुलमा जिन्दगीका पाठ पढ्दै गरेका कलिला मुनाहरूलाई आमा कविताको व्याख्या सुनाएर फर्केका सुशान्त सरले आफ्नी आमालाई बृद्वाश्रममा राखेको दशक पुग्नै लागेको छ । पशुपति आर्यघाट समीपै भेटिने शान्ता बजै अन्तिम पटक छोरालाई आशीर्वाद दिन नपाएकोमा गुनासो गर्छिन् । नारीलाई पुरुषहरूको खेलौना अनि बोझ सम्झिन्छन् कहिले सम्म ?”

सन्ध्याले धर्तीमा जरा गाड्दै गर्दा क्षितिज पारिको घाम बनेकी आमाको एक थोपा प्राणको खातिर , कसैको एक प्रहर जिन्दगीको लागि, लज्जावती फूल झैं जीवनको ढोका घरी खोल्दै घरी बन्द गर्दै उ बाँचिरहेकी छे अझ भनौँ बाँचेको नाटक गरिरहेकी छे ।
उसको एक बिस्कुन सपनामाथि एक बथान परेवाहरूले रजाइँ गरिरहेका छन् बारबार छरिएका सपनाका दानाहरू टिप्दै सुकाउँदै गर्दा एकहुल दर्दका पाठाहरुको बुर्कुसीले पुनः आँगन भरी छरिएको बिस्कुन सम्हाल्ने हिम्मत रहेन अब म मा उसले अन्तिम सम्बादमा यही भनेकी थिइ जीवनबाट हारेर होइन जीवनलाई आफूले हराएर जिउनुपर्छ मेरा अन्तिम सम्बादमा बोलिएका शब्दले स्थान पाएका छन् उनका जीवनमा र बारबार मरेर बाँचेको अभिनय गरिरहेकी छ उ ।

पत्थरको प्रहारले टुक्रिएको काँचका टुक्राहरू समर्पणको गमले जोडेर जति नै सजाउने प्रयत्न गरे पनि मकैका घोघाबाट निस्किएका दानाले खोयामा दाग त छाडिनै हाल्छन् आधा सर्को खुशी तानेर पुरै जिन्दगी खुशीमा छु देखाउन कसैले मखमली फूल र दुबोसँग सिकोस् भन्थे आज मैले उनलाई उदाहरणको प्रमुख पात्र मानेको छु ।

उ मृत्यु बोकेर लम्केकी छे कहिलेकाहीँ उदाहरणमा हाम्रा अनन्य मित्रहरू जसले विविध कारण बस हामीलाई छाडेर गए तिनै मित्रहरूको उदाहरण पोखेर उ जीवन विसर्जन गर्ने आँट गर्छे अनि लगतै साहस बुटुलेर जिउने वाचा गर्छे सहनशिलताकी प्रर्तिमुर्ती महान नारी हो उ । मलाई यसो भन्दा कुनै आत्मग्लानी छैन मैले जिन्दगीमा गरेको सबैभन्दा ठुलो भूल हो उसको प्रेमको अस्विकृती ! बाहनाहरुलाई पन्छाएर अगाडि बढ्ने हिम्मत गर्न नसक्ने म आफैँ नालायक थिएँ दोष उसको उपर थोपरियो ।

“सन्ध्याले धर्तीमा जरा गाड्दै गर्दा क्षितिज पारिको घाम बनेकी आमाको एक थोपा प्राणको खातिर , कसैको एक प्रहर जिन्दगीको लागि, लज्जावती फूल झैं जीवनको ढोका घरी खोल्दै घरी बन्द गर्दै उ बाँचिरहेकी छे अझ भनौँ बाँचेको नाटक गरिरहेकी छे ।उसको एक बिस्कुन सपनामाथि एक बथान परेवाहरूले रजाइँ गरिरहेका छन् बारबार छरिएका सपनाका दानाहरू टिप्दै सुकाउँदै गर्दा एकहुल दर्दका पाठाहरुको बुर्कुसीले पुनः आँगन भरी छरिएको बिस्कुन सम्हाल्ने हिम्मत रहेन अब म मा उसले अन्तिम सम्बादमा यही भनेकी थिइ जीवनबाट हारेर होइन जीवनलाई आफूले हराएर जिउनुपर्छ मेरा अन्तिम सम्बादमा बोलिएका शब्दले स्थान पाएका छन् उनका जीवनमा र बारबार मरेर बाँचेको अभिनय गरिरहेकी छ उ ।”

नारी जननी हुन् धर्ती हुन् भन्नेहरूले अनेकौँ दृष्टिकोणले नारीका गाथा लेखेका छन् । म आफ्नै नयन सामुन्ने त्यही नारीको चरित्र नङ्याएर उत्वस मनाइरहेका केही बथान ब्वासोका टाउको, चिप्ला जिब्रो र धूर्त स्वभाव भएका माहापुरुषहरु देख्छु । दिनभरि स्कुलमा जिन्दगीका पाठ पढ्दै गरेका कलिला मुनाहरूलाई आमा कविताको व्याख्या सुनाएर फर्केका सुशान्त सरले आफ्नी आमालाई बृद्वाश्रममा राखेको दशक पुग्नै लागेको छ । पशुपति आर्यघाट समीपै भेटिने शान्ता बजै अन्तिम पटक छोरालाई आशीर्वाद दिन नपाएकोमा गुनासो गर्छिन् । नारीलाई पुरुषहरूको खेलौना अनि बोझ सम्झिन्छन् कहिले सम्म ? सत्य युगदेखि कलियुगको अन्त्यतिर आइपुग्दा सम्म नारी आफू बनेर बाँच्न पाएकी छैन हो त्यही नारीको एक प्रतिनिधि हो उ । सदैव अरूको सम्मान र खुसीको खातिर जीवन न्यौछावर गर्ने भगवती हो उ ।

सालिकलाई माला लगाएर जीवित हुँदा उसले देखेका सपनाहरू कुल्चिएझैँ शब्दमा तारिफ गरेर पैताला मुनि दबाइन्छ नारीको अस्तित्व यहाँ घृणा तिरस्कार र हेलाँको दृष्टिले हेरिएको छ अनि भोगको साधन सम्झिएको छ नारीलाई । यो सब कहिलेसम्म त ?

    राम कृष्ण पाण्डे,

     भोर्ले – ७ रसुवा

     हाल, युएई

प्रकाशित मिति, २०७४ साल चैत्र २७ गते मंगलवार

प्रतिक्रिया दिनुहोस्