Logo

सत्यको साथ दिने कि हल्लाको पछि लाग्ने ?

      

“एक होनहार युवा ! जो क्षमता भएर पनि पारिवारिक बाध्यता र परिस्थितिले बिदेसिन्छ,परदेशी भूमिमा हालतसँग पौंठेजोरी खेल्दै ज्यानको बाजी लगाएर अनेकौँ दुःख हण्डर र ठक्कर खाँदै कडा मेहनत गर्छ । अन्तमा उसको मेहनतले रङ्ग ल्याउँछ ,त्यही मेहनतको परिणामस्वरुप उसले त्यो देशको नागरिकता हासिल गर्दछ । तथापि परदेशी भूमिमा पाएको बिलासी जीवन,गाडी,बंगला र सुख सयल उसको लागि निरर्थक साबित हुन्छन् । हरेक रात रोईरहेकी नेपाल आमाको मुहार उनको आँखा अगाडी झल्लली आउँदछन् । तब सम्पूर्ण चिज त्यागेर आफ्नो प्राणभन्दा प्यारो मातृभमिको लागि केही गर्ने सपना देख्छ अन्ततः बनबास गएको राम झैँ १४ वर्ष पश्चात् पहिलाभन्दा बढी आत्मविश्वासका साथ माटोको लागि केही गर्ने दृढ अठोट लिएर घर फर्कन्छ ।”

       – दीपशिखा शर्मा 

ज देश रोएको छ,जनता रोएका छन्,सुशासन मरेको छ,न्याय मरेको छ,जनतातै भ्रष्टाचार मौलाएको छ, कालोबजारी मौलाएको छ ,कानुनको धज्जी उडेको यो देशमा दलालहरुले खुलेआम विदेशी भूमिमा निर्लज्ज रूपले नेपाली चेलिबेटीको भाउ र मोलतोलमा खरिद बिक्री गरिरहेका छन् ।

मुलुकलाई बिक्री गर्न पल्केका नेताहरूलाई त झन् यो देश र जनताप्रति पटक्कै चिन्ता छैन । मात्र आफ्नो अभिष्ट पूर्तिको लागि सरकार ढाल्ने र गिराउने खेल खेल्ने र राष्ट्रिय ढुकुटीको चरम दोहन गरी कुर्सीमा रमाउन पल्केका नेताहरू र गठबन्धन सरकार मौन छ । देशमा रोजगारको अभावको कारण मनभरि परिवारको सपना बोकेर दुई चार पैसा कमाउन खाडी मुलुक हान्निएका कैयौँ युवतीहरु विदेशी दलालहरुको चरम मानसिक यातना सहन नसकी विदेशी मुलुकमा आत्महत्या गर्न विवश छन् ।

हालसालै परदेशी भूमि आवुधावीमा बंगाली युवक साईमन काजी उर्फ सुमन भन्ने व्यक्तिले नेपाली चेली अष्टमी गुरुङलाई बलात्कार गरेको घटनालाई लिएर न्यायको ढोका ढक्ढक्याउन युएई गएका पत्रकार रवि लामिछानेको काम कार्यवाहीलाई निरुत्साहित तुल्याउन केही सस्ता पत्रकार र सामाजिक सञ्जालमा रमाउने फेसबूके नेताहरूले कुनै कसर बाँकी राखेनन् । पत्रकार लामिछानेको प्रगतीमाथी डाहा गर्नेहरुले नै समाजमा केही गर्न नसक्ने पाखन्डी व्यक्तिहरूको सहयोग लिई उनीमाथि हिलो छ्याप्ने दुस्साहस गर्नुको साथै सोझा साझा जनतालाई उनी विरुद्ध भड्काएर दिग्भ्रमित पार्न खोजेको बुझिएको छ ।

इमान,जमान र नैतिकतालाई दलालहरुको गोजिमा बन्धक राखेर दया र नीगाहले फ्याँकेको केही टुक्रा हड्डीमा र्‍याल चुहाउने र त्यसैमा रमाउने जी हजुरी गर्ने एवं चाकडी चाप्लुसी गरेर ज्यान पाल्न पल्केका नेपालका केही सीमित पत्रकाहरु जो आफूपनि देशको लागि सिन्को समेत नभाँच्ने अर्काले थालेको अभियानलाई होस्टेमा हैंसे गर्नुको साटो कार्यक्रमनै बन्द गर्न ज्यानै फालेर लागिपरेका छन् ।

एउटा कर्मशिल युवा ! जसले “सिधा कुरा जनतासँग” नामक कार्यक्रमद्धारा निष्पक्ष खोज पत्रकारिताको माध्यमबाट भ्रष्टाचारी,कमिशनखोर,मानव तस्करी,बलात्कारी र दलालहरुको पर्दाफास गर्दछ । पीडितहरुको रक्षार्थ दिन रात,भोक,तिर्खा केहिपनि नभनी ज्यान जोखिममा राखेर दिनरात जनताको पक्षमा हाजिर हुन्छ । तब दिन दहाडै देशलाई दोहन गर्न पल्केका अत्याचारी पिपाशुहरु अत्तालिन थाल्दछन् अनि उक्त अभियानलाई बिथोल्न अनेक जाल प्रपन्चहरु बुन्न थाल्दछन् ।

एक होनहार युवा ! जो क्षमता भएर पनि पारिवारिक बाध्यता र परिस्थितिले बिदेसिन्छ,परदेशी भूमिमा हालतसँग पौंठेजोरी खेल्दै ज्यानको बाजी लगाएर अनेकौँ दुःख हण्डर र ठक्कर खाँदै कडा मेहनत गर्छ । अन्तमा उसको मेहनतले रङ्ग ल्याउँछ ,त्यही मेहनतको परिणामस्वरुप उसले त्यो देशको नागरिकता हासिल गर्दछ । तथापि परदेशी भूमिमा पाएको बिलासी जीवन,गाडी,बंगला र सुख सयल उसको लागि निरर्थक साबित हुन्छन् । हरेक रात रोईरहेकी नेपाल आमाको मुहार उनको आँखा अगाडी झल्लली आउँदछन् । तब सम्पूर्ण चिज त्यागेर आफ्नो प्राणभन्दा प्यारो मातृभमिको लागि केही गर्ने सपना देख्छ अन्ततः बनबास गएको राम झैँ १४ वर्ष पश्चात् पहिलाभन्दा बढी आत्मविश्वासका साथ माटोको लागि केही गर्ने दृढ अठोट लिएर घर फर्कन्छ ।

भएको २/२ वटा इन्टरनेशनल फ्रेन्चाइस् डुवाएर,वर्षको १ लाख डलर आउने एक्सीक्युटीभ जागिर,सुविधा सम्पन्न गाडी,संसारले लोभ गर्ने अमेरिकी जीवन,ग्रिनकार्ड,पासर्पोट,अत्यन्त राम्रो सामाजिक प्रतिष्ठालाई चटक्कै छोडेर अब देशमै केही गर्छु भन्ने अठोट लिएर आएको मानिसलाई सहयोग गर्नु साटो उल्टो खुट्टा तान्ने दुस्साहस गर्नु कहाँसम्मको न्यायसंगत कार्य हो ?

हालसालै परदेशी भूमि आवुधावीमा बंगाली युवक साईमन काजी उर्फ सुमन भन्ने व्यक्तिले नेपाली चेली अष्टमी गुरुङलाई बलात्कार गरेको घटनालाई लिएर न्यायको ढोका ढक्ढक्याउन युएई गएका पत्रकार रवि लामिछानेको काम कार्यवाहीलाई निरुत्साहित तुल्याउन केही सस्ता पत्रकार र सामाजिक सञ्जालमा रमाउने फेसबूके नेताहरूले कुनै कसर बाँकी राखेनन् । पत्रकार लामिछानेको प्रगतीमाथी डाहा गर्नेहरुले नै समाजमा केही गर्न नसक्ने पाखन्डी व्यक्तिहरूको सहयोग लिई उनीमाथि हिलो छ्याप्ने दुस्साहस गर्नुको साथै सोझा साझा जनतालाई उनी विरुद्ध भड्काएर दिग्भ्रमित पार्न खोजेको बुझिएको छ ।

एउटा कर्मशिल युवा ! जसले “सिधा कुरा जनतासँग” नामक कार्यक्रमद्धारा निष्पक्ष खोज पत्रकारिताको माध्यमबाट भ्रष्टाचारी,कमिशनखोर,मानव तस्करी,बलात्कारी र दलालहरुको पर्दाफास गर्दछ । पीडितहरुको रक्षार्थ दिन रात,भोक,तिर्खा केहिपनि नभनी ज्यान जोखिममा राखेर दिनरात जनताको पक्षमा हाजिर हुन्छ । तब दिन दहाडै देशलाई दोहन गर्न पल्केका अत्याचारी पिपाशुहरु अत्तालिन थाल्दछन् अनि उक्त अभियानलाई बिथोल्न अनेक जाल प्रपन्चहरु बुन्न थाल्दछन् ।

समाजको लागि सिन्को समेत नभाँच्ने,सामाजिक सञ्जालमा हल्लाको खेतीगरी आफूलाई नेपालको राष्ट्रपतिसँग तुलना गर्ने, देशै आफ्नो नाममा बनाउन खोज्ने,मानसिक बिकारको शिकार भएका कथित फेसबूके नेताहरू एवं अर्काको कमी कमजोरी खोतलेर त्यसलाई नै विवादास्पद मसला बनाई सामाजिक सञ्जालमा पोष्ट गरेर सीमित व्यक्तीहरुबाट सस्तो वाहवाही कमाउन पल्केका दुई कौडिका पत्रकारहरुलाई परिचालन गरेर होस् या सस्ता मिडियालाई हतियार बनाएर एक होनहार युवा पत्रकार रवि लामिछानेको मनोबल गिराउन पछि पर्दैनन् ।

नेपाली टेलिभिजन शोहरुमा हट केक बनेको र जनमानसमा आफ्नो सकारात्मक प्रभाव जमाईसकेको “सिधा कुरा जनतासँग” नामक कार्यक्रमको सञ्चालक रवि लामिछानेप्रति इंगित गरेर जुन अफवाह फैलाईएको छ, सो अफवाह कतिको सत्य हो ? त्यसको जवाफ पत्रकार रवि लामिछानेले स्वयंले दिइसकेका छन् । उनी विरुद्ध केही दिन अघि मुकुन्द घिमिरे नामबाट चिनिने व्यक्तिले जुन तर्कहिन कुरा गरे त्यो निन्दनिय छ । उनको टिकाटिप्पणी आफ्नो मेहनत र पसिनाले सफलताको शिखर चुम्दै गरेका युवा पत्रकार लामिछानेप्रतिको ठाडो हस्तक्षेप बाहेक केही होइन ।

हाम्रो सामाजिक परिवेश नै यस्तै छ । जसले निस्वार्थ भावनाले तन,मन,धनले देशको लागि केही गर्ने अठोट बोकेर अगाडि बढ्छ त्यसलाई नै समाजको लागि केही गर्न नसक्ने निकम्माहरुले औंला उठाउछन् । त्यस्तै २ दिनअघि दिल निशानी मगरले लामिछानेप्रति फेसबुकमा लेखेको टिप्पणीलाई लिएर देशविदेशबाट मगर विरुद्ध नकारात्मक टिप्पणीहरु भाईरल भएका छन् । केहीको विश्लेषणलाई लिने हो भने दिल निशानी मगरले आफू चर्चामा आउन रवि लामिछाने विरुद्ध षडयन्त्र गरेको चर्चा पनि गरेका छन् ।

जब सिधाकुरा प्रधानमन्त्रीले सफलता प्राप्त गर्दै गयो तब षडयन्त्रपूर्वक उक्त कार्यक्रमबाट खेदाइयो तर कसैले रविको अमेरिकी नागरिकताको कुरा उठाएनन् अनि रविले जब नेपाली पत्रकारिता जगतलाई सिधै जनतासँग जोडे सिधाकुरा जनतासँगको माध्यमबाट तब सिंगो देशमा एउटा नयाँ सूचना क्रान्तिको लहर नै आयो, जसले गर्दा सबै तिरबाट रविको जयजयकार भयो जुन कुरा नेपालकै बरिष्ठ भनिएका पत्रकारहरुलाई नपच्नु स्वाभाविक नै थियो र यहि मंसिर २८ गते सिधाकुरा जनतासँग एक बर्ष पुग्न लाग्दा विभिन्न कुतत्व प्रयोग गरी रवि सहित उक्त कार्यक्रमलाई नै बन्द गराउने हिसाबले चलखेल हुँदैछ ।

यसैबिच फेरी अर्को विषयमा पत्रकार रवि लामिछाने विरुद्ध समाचार तथा विभिन्न स्रोतबाट लामिछानेले नेपाली नागरिकतानै त्यागिसकेको भन्ने विषयलाई प्राथमिकता दिँदै उनिबिरुद्ध प्रपन्च गरिएको छ । जुन सत्यतामै आधारित भएपनि उक्तकुरा सिर्फ कमजोर मनस्थितिको उपज हो भन्नेमा अत्युक्ती नहोला । निश्चित उद्देश्य प्राप्तिको लागी हिंडेको मान्छे सानो तिनो आँधीवेहरीबाट कत्तिपनी विचलित हुनुहुँदैन । यो कुरा पत्रकार रवि लामिछानेले बुझ्नु जरुरी छ । कार्यक्रमको माध्यमबाट जनताको मन मुटुमा बसिसकेका रविप्रति जति षडयन्त्र गरेपनि सामना गर्ने र उनलाई हिरोको दर्जा दिइरहने आम दर्शकको टिप्पणीहरुबाटै प्रमाणित हुन्छ ।

नेपालमा ठुला आपराधिक घटनाका विषयहरू गौण हुनुमा अनैतिक पत्रकारिता जिम्मेवार छ भन्दा अत्युक्ति नहोला । किनकि पत्रकारिता गर्नेहरुलाई नै प्रलोभनमा पारेर विभिन्न घटनाहरू लुकाउन यहाँ धेरै खाले अभ्यासहरू हुने गरेका छन् । ईमान्दारिताको संकट भएका दुई कौडिका पत्रकारहरुलाई किनेर यहाँ ठुला ठुला घटना र भ्रष्टाचारहरुलाई गुपचुप राखिने परिपाटी छ । जसको असर सिधा जनता र देशको समृद्धिमा पर्न गएको छ । यहाँ दलालहरु छाडा छन्, कानुन जान्ने वकिलदेखि सत्य र तथ्य कुराको रिपोर्ट बनाई जनतामाझ पुर्‍याउने कर्तव्य बोकेका पत्रकारसम्मले आफ्नो व्यक्तिगत फाइदाको लागि आफ्नो नैतिकता बेचेर खाएका छन् ।

यहाँ सबै पत्रकारहरु नैतिकहिन भन्न खोजेको भने पटक्कै होइन । प्राय: पत्रकारिता जानेका र बुझेकाहरुले पत्रकारिताको धर्म र मर्मलाई बुझेरै आएका हुन्छन् तर पत्रकारिता गर्दै जाँदा आफ्नो धर्मलाई बिर्सेर उनीहरूले तिनै खराब पक्षको वकालत गर्ने बाटो रोज्छन् । भूमिका निभाउनेहरुनै विचलित बनिदिएपछि परिस्थिति नकारात्मक बनिदिन्छ । पत्रकार रवि लामिछानेले भ्रष्टाचारि कमिसनखोर दलालहरुको गोजिमा निस्सासिएको कानुनलाई बाहिर पीडित माझ पुर्‍याउने साहस गर्न खोज्दा दिल निशानी मगर जस्ता पत्रकारहरु आज यो देशमा नेताहरूको खल्तिको रुमाल भएको छन् ।

हाम्रो सामाजिक परिवेश नै यस्तै छ । जसले निस्वार्थ भावनाले तन,मन,धनले देशको लागि केही गर्ने अठोट बोकेर अगाडि बढ्छ त्यसलाई नै समाजको लागि केही गर्न नसक्ने निकम्माहरुले औंला उठाउछन् । त्यस्तै २ दिनअघि दिल निशानी मगरले लामिछानेप्रति फेसबुकमा लेखेको टिप्पणीलाई लिएर देशविदेशबाट मगर विरुद्ध नकारात्मक टिप्पणीहरु भाईरल भएका छन् । केहीको विश्लेषणलाई लिने हो भने दिल निशानी मगरले आफू चर्चामा आउन रवि लामिछाने विरुद्ध षडयन्त्र गरेको चर्चा पनि गरेका छन् ।

अन्यायको पर्दाफास गर्दा आज न्याय र निष्ठाको बाटो रोजेका पत्रकार रवि लामिछानेलाई अनावश्यक विवादमा तान्न खोज्नु लाजमर्दो कुरा हो । पत्रकारिताको धारलाई जनता र देशसँग जोड्दै बैदेशिक हस्तक्षेपको बिरोधमा जय स्वाभिमान मार्फत देश र जनतालाई जगाउने प्रेम बानियाँलाई खेदाएपछि सुनसान रहेको नेपाली मिडियालाई देशको प्रधानमन्त्रीलाई नै प्रत्यक्ष जनतासँग जोड्ने नयाँ धारणा लिएर अघि आएका रबि लामिछानेसँग अमेरिकी नागरिकता भन्ने कुराको जानकारी नेपालका मुर्धन्य पत्रकारहरु सबैलाई नै थियो ।

जब सिधाकुरा प्रधानमन्त्रीले सफलता प्राप्त गर्दै गयो तब षडयन्त्रपूर्वक उक्त कार्यक्रमबाट खेदाइयो तर कसैले रविको अमेरिकी नागरिकताको कुरा उठाएनन् अनि रविले जब नेपाली पत्रकारिता जगतलाई सिधै जनतासँग जोडे सिधाकुरा जनतासँगको माध्यमबाट तब सिंगो देशमा एउटा नयाँ सूचना क्रान्तिको लहर नै आयो, जसले गर्दा सबै तिरबाट रविको जयजयकार भयो जुन कुरा नेपालकै बरिष्ठ भनिएका पत्रकारहरुलाई नपच्नु स्वाभाविक नै थियो र यहि मंसिर २८ गते सिधाकुरा जनतासँग एक बर्ष पुग्न लाग्दा विभिन्न कुतत्व प्रयोग गरी रवि सहित उक्त कार्यक्रमलाई नै बन्द गराउने हिसाबले चलखेल हुँदैछ ।

नेपाली टेलिभिजनमा प्रभावकारी कार्यक्रम सञ्चालन गरी लोकप्रियता कमाइरहेका रविको काम हेर्दा उनी साच्चै नेपाल र नेपालीको भलाईप्रति गम्भीर देखिन्छन् । उनले बोलेका, अभ्यास गरेका बिषयहरु र त्यसको गहिराईलाई खोतली समाधान सम्मको बाटो दिलाईदिने गरी गरिएको अभ्यास मिडिया अभ्यासमा आवश्यकताको बिषय हो । बिषय उठाउने र पैसाको बार्गेनिङ्ग वा डर त्रासबाट उठेको बिषयलाईनै अलपत्र पारिदिने पत्रकारिताको अभ्यास चलिरहेको सन्दर्भमा रवि लामीछानेको पत्रकारिता पद्धतिलाई नौलो मानिएको हुनसक्छ ।

अन्यायको पर्दाफास गर्दा आज न्याय र निष्ठाको बाटो रोजेका पत्रकार रवि लामिछानेलाई अनावश्यक विवादमा तान्न खोज्नु लाजमर्दो कुरा हो । पत्रकारिताको धारलाई जनता र देशसँग जोड्दै बैदेशिक हस्तक्षेपको बिरोधमा जय स्वाभिमान मार्फत देश र जनतालाई जगाउने प्रेम बानियाँलाई खेदाएपछि सुनसान रहेको नेपाली मिडियालाई देशको प्रधानमन्त्रीलाई नै प्रत्यक्ष जनतासँग जोड्ने नयाँ धारणा लिएर अघि आएका रबि लामिछानेसँग अमेरिकी नागरिकता भन्ने कुराको जानकारी नेपालका मुर्धन्य पत्रकारहरु सबैलाई नै थियो ।

तर हाम्रो जस्तो समस्याग्रस्त देश जहाँ कानुन एकातिर अनि व्यवहार अर्कोतिर भइरहेको सन्दर्भमा पत्रकार रवि लामिछाने धेरै हदसम्म सही छन्, राम्रो अभ्यास गर्दैछन् र यस्तै अवस्था देशमा रहे अरू पत्रकारले पनि रवि लामिछानेको जस्तो निष्पक्ष पत्रकारिता गर्नु देशको हितमा हुनेछ । उनले प्रस्तुत गरेको कार्यक्रमको एउटै मात्र स्वार्थ हो समस्यामा परेकालाई सहयोग गर्ने । जसले निस्वार्थ भावनाले तन,मन,धनले देशको लागि केही गर्ने अठोट बोकेर अगाडि बढ्छ त्यसलाई नै समाजको लागि केही गर्न नसक्ने निकम्माहरुले औंला उठाउछन् । एक कुशल पहरेदारले आफ्नो मिशन पुरागर्नको लागि आएका बाधा अवरोधलाई कुल्चेर उद्देश्य प्राप्तिको लागि लगातार अगाडि बढ्नुपर्ने हुनजान्छ । देशको संक्रमणकालिन अवस्थालाई प्रयोग गरेर सकेसम्म अनैतिक रूपमा चुस्न पल्केकाहरुलाई रवि लामिछाने एक तगारो हो । उनले केही कार्यक्रममा आफूलाई किन्न खोजेको भन्दै आफ्नो नि:स्वार्थ छविको परिचय दिईसकेका छन् ।

त्यसो त उनले आफूलाई यस्तै गरेर चर्चामा पुर्‍याउने भित्री स्वार्थ राखेका छन् भने पनि त्यसले देश र जनताको अहित गर्दैन । कानुन बनाएर कानुन पालना किन भएन भनेर सोध्न पाउनु जनताको अधिकार हैन र ? पत्रकार भनेको राज्यको चौंथो अङ्ग हुन् । जहाँ पुलिस प्रशासनले सर्वसाधारणलाई न्याय दिन असमर्थ हुन्छ त्यहाँ गएर खवरदारी गर्नु निष्पक्ष पत्रकारिताको धर्म हो । आफ्नो देशमा रोजगार दिन नसकेर अर्काको देशमा बेचिन बाध्य नेपालीहरूको व्यवस्थापनको जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? यदि रवि केही कुरामा अतिवादी भएकानै हुन् भनेपनि उनको सकारात्मक पक्षलाई किन नदेखेको ? के सरकारले ठगहरुलाई ठग्न लाईसेन्स दिएको छ ? अर्को कुरा के पनि छ भने यदि रवि लामिछानेले नेपाली नागरिकता त्यागिसकेका छन् भन्ने प्रमाणित नै भए पनि लामिछानेको जनतालाई सहयोग गर्नुको पछाडि स्वार्थ चाही के छ त ? बिरोधिहरुले यसको जवाफ दिनुपर्छ ।

अन्यथा रवि विदेशी नै हुन् भनेपनि उनले नेपालको हितका लागि आफ्नो ज्यान समेतको बाजी राखेर काम गरिरहेका छन् भन्ने कुरा स्मरण रहोस् । जुन साहस न त मुकुन्दले गर्न सकेका छन् नत दिल निशानीलेनै गरेका छन् । यो देशमा राम्रा भविष्यको अन्त्य हुन्छ, राम्रो तरिकाले फुल्छ कि भनेर सोचिएका कोपिलाहरु फुल्नु अगावै चुँडालिन्छन् । अरू देशले डिभी चिट्ठा र विभिन्न नाममा आफ्नो देशको सम्भावनालाई लिएर जाँदा त्यसैलाई आकर्षित पारेर चोक/चोकमा म्यानपावर, कन्सल्टेन्सी र डिभी सेन्टरहरु खोलेर राखेका छौँ । सम्भावनाका फूलहरु आफ्नै देशमा फुल्ने वातावरण नदिएर विदेशमा भासिन बाध्य पार्छौं ।

जसले निस्वार्थ भावनाले तन,मन,धनले देशको लागि केही गर्ने अठोट बोकेर अगाडि बढ्छ त्यसलाई नै समाजको लागि केही गर्न नसक्ने निकम्माहरुले औंला उठाउछन् । एक कुशल पहरेदारले आफ्नो मिशन पुरागर्नको लागि आएका बाधा अवरोधलाई कुल्चेर उद्देश्य प्राप्तिको लागि लगातार अगाडि बढ्नुपर्ने हुनजान्छ । देशको संक्रमणकालिन अवस्थालाई प्रयोग गरेर सकेसम्म अनैतिक रूपमा चुस्न पल्केकाहरुलाई रवि लामिछाने एक तगारो हो । उनले केही कार्यक्रममा आफूलाई किन्न खोजेको भन्दै आफ्नो नि:स्वार्थ छविको परिचय दिईसकेका छन् ।

शायद रवि पनि त्यही सम्भावनाको एउटा उदाहरण हुन् । जहाँ न्याय दिन सरकार असफल हुन्छ ,टोल छिमेक रमिते बन्छन् त्यहाँ रवि लामिछाने जस्ता हजारौँ सपुतहरुको यो देशलाई खाँचो छ । तसर्थ अनावश्यक हल्लाको पछि नलागी हामीले उनलाई सक्दो संरक्षण दिएर यही देशको हितको लागि परिचालन गर्न सक्नुपर्छ । उनको यो अभियानलाई हामी सबैले होस्टेमा हैंसे गर्न जरुरी छ । सयौँ अपराधीलाई सजाय दिइसकेका युवा पत्रकार रवि लामिछानेको विरुद्धमा बोल्नु भनेको मुर्खता बाहेक केही होइन । रवि लामिछानेले यस्ता मुकुन्द र दिल निशानी रुपी सलह किराबाट सतर्क भएर अगाडी बढ्न जरुरी छ ।

    [email protected] 

प्रकाशित मिति, २०७४ साल मंसिर २१ गते, बिहिवार 

प्रतिक्रिया दिनुहोस्