Logo

‘पल पल’ गीत मार्फत पत्रकार ‘रविन्द्र गोर्खाली’ गायकको रूपमा उदय (भिडियो सहित)

ज्याक खड्का,दस्तावेज संवाददाता, कार्तिक २२ गते,बुधवार,२०७४,टोकियो – जापानमा पत्रकारिता गर्दै आएका रविन्द्र श्रेष्ठले पहिलो गीत ‘पल पल’ सार्वजनिक गर्दै आफूलाई गायन क्षेत्रमा पनि प्रवेश गराएका छन् । नवगायकको रूपमा आफूलाई प्रस्तुत गर्दै श्रेष्ठले ‘पल पल’ बोलको पप गीतमा आफ्नी प्रेमिकाको पर्खाइ र समर्पण भाव प्रस्तुत गरेका छन् ।

युट्युव मार्फत सार्वजनिक गरिएको गीतमा सञ्जय खड्गीको शब्द सङ्गीत रहेको छ । श्रेष्ठलाई गायिका सहीमा श्रेष्ठले पार्श्व स्वरमा साथ दिएकी छन् । प्लाटिनम स्टुडियोमा रेकर्ड तथा छायाङ्कन गरिएको भिडियोमा स्वयम् श्रेष्ठ र गायिका श्रेष्ठलाई देख्न सकिन्छ ।

गीतको निर्माण एनाफोर्मिक फिल्मसले गरेको हो भने प्रस्तुति सनराईज प्रोडक्सन्सको रहेको छ । कर्मभूमि जापान बनाएर मिडिया र व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठ अनलाइन न्युज पोर्टल नेपालसन्देश डटकमका सम्पादक तथा प्रकाशक पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्