Logo

छोरी भाग्यमानीको नसिबमा मात्र हुन्छ

            -अनु सुवेदी

विवाहको पहिलो रात श्रीमान श्रीमती बिच एउटा शर्त भयो कि जो सुकै आओस् कसैलाई ढोका नखोलिदिने । त्यही रात केटाको बा आमा आफ्नो छोरालाई भेट्न भनी कोठामा आए । ढोका ढकढक्याउदा उनीहरू श्रीमानले श्रीमतीको अनुहार हेर्यो दुवै मुखामुख गरे तर छोराले ढोका खोलेन भित्रबाट नै गफ गर्‍यो किनकि उ चाहदैन थियो श्रीमतीको मन नदुखोस् र वचन पनि नतोडियोस् । बा आमा बाहिरबाटै गफ गरेर फर्किए ।

पुनः केहीबेरमा श्रीमतीका बा आमा छोरीलाई भेट्न भनेर आए । ढोका ढकढक्याए । फेरि श्रीमान र श्रीमती हेराहेर गरे । दुवैले शर्त पनि याद गरे । श्रीमती श्रीमान नजिक आउँछे र आँखा भरी आँसु बनाउँदै भन्छे , म मेरा बा आमालाई यसो गर्न सक्दिन भन्दै ढोका खोलिदिन्छे । छोरीले बा आमालाई भेट्छे । श्रीमान केही बोल्दैन उ चुप बसिरहन्छ ।

केही वर्षमा उनीहरूको जुम्ल्याहा छोरा जन्मिन्छन् । परिवार खुब खुशी हुन्छ । पुनः केही वर्षमा छोरी जन्मिन्छे । बुबा अत्याधिक खुशी हुन्छ । खुशी थाम्न नसकेर गाउँलेलाइ भोज खुवाउँछ । श्रीमती अचम्ममा पर्छे र सोध्छे छोरा जन्मदा चाहिँ वास्ता गर्नु भएन छोरी जन्मदा चाहिँ किन यो भोज ? श्रीमानले जवाफ दिन्छ ” यही सन्तान हो जसले मलाई कुनैदिन ढोका खोल्दिनेछे । ” त्यसैले……….

प्रकाशित मिति, २०७४ साल आश्विन २५ गते, बुधबार 

  हाल, फुकुओका जापान

प्रतिक्रिया दिनुहोस्