Logo

दशैंको मुखमा जापानबाट आमालाई चिठी

आमा  ! परदेशमा भएपनि इन्टरनेटको जमानामा हरेक दिन घरदेशमा के कस्तो भइरहेछ नियालिरहेको छु, अचेल सुन्दैछु ती पारसनाथ यादव सर जसले म जस्ता हजारौँ युवाहरूलाई शिक्षा दिएर बिद्दान बनाए, ईमान्दार असल बन्न सधैँ प्रेरित गरिररहे तर आज उनै हाम्रा गुरु म त मधेसी हुँ मलाई मधेस राज्य चाहिन्छ भन्दै ज़िन्दगीभर दुख गरेर कमाएको इमान बेचेर आफ्नै जन्मभूमि बिरगन्जतिर फर्किए रे ! जात भात केही होइन हामी सबै सम्मान हौ भनेर सानैदेखि मलाई दिक्षीत गराउने र समाजमा सबैलाई समान व्यवहार गर्न सिकाउने उनै गोपालमान काका त अचेल नेवा राज्य चाहिन्छ भन्दै काठमाण्डौतिरै आन्दोलनमा छन् रे, उ वेला हामी सँगै खेल्यौं पढ्यौं सँगसँगै मन्दिरमा घन्ट बजाएर पूजा गरियो, हामी हिन्दुका प्रत्येक चार्डहरुमा कहिल्यै नछुट्टिएको मेरो प्यारो वालसखी भीम गुरुङ अचेल क्रिष्चिएन भएर मेरै गाउँका मन्दिरहरु भत्काउदै छ रे, मेरा गाउँका गरिब युवाहरूलाई पैसाको लोभ देखाएर धर्म परिवर्तनका लागि प्रलोभनमा पार्दैछरे नि आमा ?  त्यति सुन्दर गाउँ सबै धर्म, जातीका मान्छेहरू आपसमा मिलेर बसेका मेरो देश अनि गाउँमा भाडभैलो मच्चाउने को हो आमा ? अधिकारको नाममा मान्छेका मन र मनसँग भिड़ाउने बेईमान को हो आमा ? 

       – बिश्वबन्धु भण्डारी

पूज्य आमा,

साष्टांग दण्डवत्,

आराम छु आरामको कामना गर्दछु, इन्टरनेटको आधुनिक जमानामापनि कान्छाले किन चिठी लेख्यो भनेर अचम्म पर्नुभयो होला है, रहर त मलाई पनि थियो आँखामा आँखा जुधाएर भाईवरवाट भिडियो कल गरेर सम्वाद गर्ने, भिडियो सम्वादले नजिक भएको महसुस त पक्कै हुन्थ्यो नै तर माफ़ गर्नुहोला यसपालि म भिडियो कल गर्नै सकिन तपाईँसँग हजारौँपटक भिडियो कल गरेको छु तर बोल्दैगर्दा तपाईँको आँखावाट आँसु नझरेको कुनै पल थिएन दशैं तिहार आउदैछ सबैका छोराछोरी दशैं मनाउन गाउँ फर्कदै गर्दा आफ्नो छोरो भने नआउने खबर पाएपछि झन् कति रुदि हौ ? तिम्रा आँखामा कहिल्यै आँसु देख्न नपरोस् भनेर कामना गरिरहने छोरो म भिडियो सम्वादमा तिम्रा आँखावाट आँसु झरेको टुलुटुलु हेरेर बस्न म कसरी सक्छु र , त्यसैले चिठी लेख्दैछु,

 कामको थकानवाट लखतरान भएर रुममा फर्केर एक कप रामेन (चाउचाउ) खाएर सुतेका दिनहरूमा तिमीले ‘को खाई बाबु को खाई ‘ भन्दै कान्छो भोकायोकि भन्दै जवरजस्ती खुवाउँदापनि छि:… कति नमिठो भनेर मिल्काईदिएका पलहरू मथिगंलमा आउँछन् । ट्रेनको यात्रामा भेटिएका प्रत्येक बुढी जापानीज आमाहरूको अनुहारमा तिम्रै तस्बिर देखिरहेको हुन्छ ।

 तिम्रो सहारामा जन्मिएँ हुर्किएँ बढ़े अनि पढेँ, प्रत्येक दुखमा तिमी साथमा थियौ तिम्रो स्पर्शले मात्रै पनि मेरा सारा दुखाईहरु शान्त हुन्थे, हर क्षणहरुमा तिमी मेरो साहारा थियौ तर आज तिमीलाई मेरो साहारा चाहिएको छ उ वेला मलाई जस्तै तिमीलाई पनि प्रत्येक दिन दुखाईहरु आए होलान् तर सहारा कसले दिने ? बुढेसकालमा रोगले ग्रसित भएर एैय्या एैय्या भन्दै बिछ्यौनामा पल्टिरहेकी मेरी आमालाई अस्पताल लैजान पनि नसक्ने गरिब छोरो हुनुपर्छ कि भन्ने पिरले लखेट्यो,आमाका लागि एकसरो साड़ी पनि किन्न नसक्ने नामर्द सन्तान हुनुपर्छ कि भन्ने पिरले धकेल्यो र जहाज़ चढेर बिदेसिएँ , अचेल जापानका प्रत्येक गल्लिहरुमा ‘पैसा फल्ने रुख खोज्दै’ भौतारिरहेको छु ।

उ वेला स्कुलमा हुने “धन ठुलो कि बिध्या ” भन्ने वादविवाद प्रतियोगितामा “धन भन्दा बिध्या ठुलो” भन्ने पक्षमा तिमीले नै सिकाएका वाक्याशहरु प्रयोग गर्दै दमदार प्रस्तुति दिएर प्रथम भएकै हो , धेरै पुरस्कारहरु पाएपछि तिमीलाईनै दिदाँ मेलापातको ती सारा थकानहरु क्षणभरमै भुलेर मेरो त्यो खुसीमा तिमी पनि कति खुसी भएकी थियौ है आमा ? तर अफ़शोच ! आज ज़िन्दगीभर तिमीले दुख गरेर पढाएर मैले आर्जन गरेका सारा बिध्याका सर्टिफिकेटहरु सुटकेश भित्रको एउटा फाइलमा कोचारेर त्यही धनका लागी बिदेशिएको छु,

आमा ! परदेशमा भएपनि इन्टरनेटको जमानामा हरेक दिन घरदेशमा के कस्तो भइरहेछ नियालिरहेको छु, अचेल सुन्दैछु ती पारसनाथ यादव सर जसले म जस्ता हजारौँ युवाहरूलाई शिक्षा दिएर बिद्दान बनाए, ईमान्दार असल बन्न सधैँ प्रेरित गरिररहे तर आज उनै हाम्रा गुरु म त मधेसी हुँ मलाई मधेस राज्य चाहिन्छ भन्दै ज़िन्दगीभर दुख गरेर कमाएको इमान बेचेर आफ्नै जन्मभूमि बिरगन्जतिर फर्किए रे !

जात भात केही होइन हामी सबै सम्मान हौ भनेर सानैदेखि मलाई दिक्षीत गराउने र समाजमा सबैलाई समान व्यवहार गर्न सिकाउने उनै गोपालमान काका त अचेल नेवा राज्य चाहिन्छ भन्दै काठमाण्डौतिरै आन्दोलनमा छन् रे, उ वेला हामी सँगै खेल्यौं पढ्यौं सँगसँगै मन्दिरमा घन्ट बजाएर पूजा गरियो, हामी हिन्दुका प्रत्येक चार्डहरुमा कहिल्यै नछुट्टिएको मेरो प्यारो वालसखी भीम गुरुङ अचेल क्रिष्चिएन भएर मेरै गाउँका मन्दिरहरु भत्काउदै छ रे, मेरा गाउँका गरिब युवाहरूलाई पैसाको लोभ देखाएर धर्म परिवर्तनका लागि प्रलोभनमा पार्दैछरे नि आमा ?  त्यति सुन्दर गाउँ सबै धर्म, जातीका मान्छेहरू आपसमा मिलेर बसेका मेरो देश अनि गाउँमा भाडभैलो मच्चाउने को हो आमा ? अधिकारको नाममा मान्छेका मन र मनसँग भिड़ाउने बेईमान को हो आमा ?

तिमी त गाउँभरिकै सबैभन्दा बुढी आमा पोहोर परार जस्तै यसपालीपनि गाउँभरिका विभिन्न जाती धर्मका मान्छेहरू तिम्रो हातको टिका लगाउन आशिष थाप्न त यसपालीपनि पक्कै आउनेछन् होला, फेरि पनि पारसनाथ सर, गोपालमान काका र त्यो भिमे जस्ता अरूपनि आएछन् भने पहिले पहिले जस्तै सन्तालने डाँडा काडा ढाकुन्, राम्ररी पढेर ठुलो मान्छे बनेस्  आमा बुवाको सेवा गरेस् भनेर मात्रै आशिष नदिनु है आमा, साँच्चै मेरी आमा यसपालि त सन्तानले डाँडा काडा ढाक्नेगरी होइन असल सन्तान जन्माउनु भनेर आशिष दिनुहै ? धेरै पढेर ठुलो बनेस् होइन असल बनेस भनेर आशीर्वाद दिनु ल ? आफ्ना आमा बुवाको मात्रै होइन सबैका आमा बुवाको सम्मान गर्न सिकेस् भनेर आशीर्वाद दिनु अनि आफ्नो अधिकार प्राप्त गर्न खोज्दै गर्दा अरूको अधिकार पनि हनन नगर्नु है भनेर आशिष दिनु है आमा  ?

 कतै तिम्रो आशीर्वाद लागेर सबैको मन फिर्छ कि, मन अनि मन बिच तोड़िएका बिस्वासहरु जोडिन्थेकी आमा ?
परिवर्तन भएछ भने फेरि मेरो होइन हाम्रो भन्ने सबैमा सोच पलाएछ भने पक्कै तिम्रो छोरो छिट्टै देश फर्कनेछु, मलाई धेरै सम्पत्ति त चाहिएकै छैन आमा मात्रै तिम्रो दमको रोगको उपचारका लागी चाहिने केही रक़म चाहिएको छ, मलाई सधैँ निरोगी र स्वच्छ वनाएकी मेरी आमालाई म पनि निरोगी बनाउन सकुँ भनेर केही पैसा बचत गर्दैछु  ।

लेख्नुपर्ने गुनासाहरु त धेरै थिए यो छोटों पत्रमा धेरै लेख्नै सकिन तिम्रो आशिष लागेर सबैको मन वदलिएछ भने म छिट्टै देश फिर्नेछु र तिमीसगँ बसेर खुसी मनाउँला है आमा ?

  अहिलेलाई बिदा ! 

 उनी तिम्रो कान्छो छोरो, 

 बिश्वबन्धु भण्डारी

    जापानबाट

प्रतिक्रिया दिनुहोस्