Logo

प्रेमको परिभाषा

“प्रेम हर सासमा जीवित छ, प्रेम हर आवाजमा केन्द्रित छ, प्रेम हर मुटुमा विभूषित छ, प्रेम स्वममा परिभाषित छ ! प्रेमको अविरल अमृतधारा संसारको सृष्टिचक्रमा यहाँ अनन्त बगीरहन्छ, यसको एक बुँदले पनि जीवनभरको प्रेम प्यासको तिर्सना मेट्न सक्छ ! प्रेम आकाशबाट छल्किएर धर्तीमा हरपल बर्षीरहन्छ, प्रेम सागरका हर बूद सँगै लहर बनी छल्किरहन्छ, प्रेम प्रकृतिमा बहार बनेर मधुरस बोकी उडीरहन्छ ! हाम्रो यो सुन्दर संसार प्रेम नै प्रेममय छ, जबसम्म यो संसार छ अखण्ड दीप प्रेमको यहाँ जलिरहन्छ ! “

        -जानकी पन्त ‘जून ‘

प्रेम आफैमा महान छ, विशाल छ, अनमोल, अटल, अमर अनन्त, सम्बृद र साश्वत छ ! धर्ती- आकाश अनि विश्व- ब्रह्माण्ड सबै प्रेममा आधारित छ ! प्रेम हृदयको सुन्दर अनुभूति हो, ईश्वरको आराधना हो, मनको साधना र बन्दना हो ! भनिन्छ प्रेमका सृजनाकार स्वयं भगवान् विष्णु हुन् ! प्रेम जीवन जगतको संरचना र सृजनाको सत्यसार हो, प्रेम नै जीवन/जगतको मूल अधार हो, प्रेम नै सृष्टिको सत्य साकार हो ! भक्तदेखि भगवानसम्म, विश्वदेखि ब्रमाण्डसम्म प्रेम नै सर्बेसर्बा छ यहाँ ! प्रेम लय तत्त्वबाट सिर्जित हुन्छ यस पृथ्वीमा, प्रेमबाट उत्पन्न भएको छ सबथोक यस सृष्टिमा ! प्रेम प्रकृतिको हरेक  चिजमा छ, प्रेम सृष्टिको हरेक जीवमा छ ! प्रेम पृथ्वीको हर पशुपन्छी र जीवजन्तुमा छ, प्रेम पृथ्वीको हरबोट बृक्ष र विषयबस्तुमा छ  ! 

प्रेम पानीको हरेक  बुँदमा छ, प्रेम सूर्यको हरेक किरणमा छ, प्रेम माटोको हरेक कणमा छ  ! यस पृथ्वीमा रहेका हर प्राणीलाई प्रेममा रहेर शान्ति र आनन्दले बाँच्न पाउने पुरा अधिकार छ ! माटोमा, हावामा, घाममा र शीतमा, प्रेम छ यहाँ हरेक गीत र सङ्गीतमा, प्रेम छ यहाँ हरेक फूलमा र जूनमा, प्रेम छ यहाँ हरेक तनमा र मनमा, प्रेम छ यहाँ हरेक जीवनमा ! प्रेमको मधुरस हर हृदयमा अविरल बग्दछ !

 प्रेम हर सासमा जीवित छ, प्रेम हर आवाजमा केन्द्रित छ, प्रेम हर मुटुमा विभूषित छ, प्रेम स्वममा परिभाषित छ ! प्रेमको अविरल अमृतधारा संसारको सृष्टिचक्रमा यहाँ अनन्त बगीरहन्छ, यसको एक बूँदले पनि जीवनभरको प्रेम प्यासको तिर्सना मेट्न सक्छ ! प्रेम आकाशबाट छल्किएर धर्तीमा हरपल बर्षीरहन्छ, प्रेम सागरका हरबूँद सँगै लहर बनी छल्किरहन्छ, प्रेम प्रकृतिमा बहार बनेर मधुरस बोकी उडीरहन्छ ! हाम्रो यो सुन्दर संसार प्रेम नै प्रेममय छ, जबसम्म यो संसार छ अखण्डदीप प्रेमको यहाँ जलिरहन्छ ! 

प्रेम नै ईश्वर, प्रेम परमेश्वर प्रेम नै सबथोक हो ! प्रेम नै जागृत, प्रेम तृप्त प्रेम नै अमृत हो ! प्रेम नै लगन, प्रेम आनन्द, प्रेम परमानन्द हो ! हो, प्रेम नै भक्ति, प्रेम नै शक्ति, प्रेम नै मुक्ति हो ! प्रेम नै मोति, प्रेम नै ज्योति, प्रेम नै तृप्ति हो ! प्रेम नै अर्चना, प्रेम नै बन्दना, प्रेम नै आराधना हो ! प्रेम नै रचना, प्रेम नै सृजना प्रेम नै संरचना हो ! प्रेम नै कामना, प्रेम नै बन्दना, प्रेम नै प्रार्थना हो ! प्रेम बरदान, प्रेम नै पूजा, प्रेम नै मन्दिर हो ! 

प्रेम नै सुर, प्रेम नै साधना प्रेम नै संगीत हो ! प्रेम नै अर्पण, प्रेम नै दर्पण, प्रेम नै समर्पण हो ! प्रेम नै साधक, प्रेम नै सार्थक, प्रेम नै पथ प्रदशक हो ! प्रेम नै करुणा प्रेम नै क्षमा, प्रेम नै याचना हो ! प्रेम नै नमन, प्रेम नै पुजन प्रेम नै जीवन हो ! प्रेम नै त्याग प्रेम नै तपस्या प्रेम नै बलिदान हो ! प्रेम नै दया, प्रेम नै माया, प्रेम नै करुणा हो ! प्रेम नै कला, प्रेम नै बिध्या, प्रेम नै समिक्षा हो ! प्रेम नै सत्यता प्रेम नै वास्तविकता प्रेम नै प्राथमिकता हो ! प्रेम नै लहर, प्रेम नै रहर प्रेम नै सागर हो ! प्रेम नै आकाश, प्रेम नै प्रकाश प्रेम नै मधुमास हो ! प्रेम नै उद्गार, प्रेम साकार, प्रेम नै उपहार हो ! प्रेम आशा, प्रेम सहारा, प्रेम जिज्ञासा हो ! प्रेम सुन्दरता, प्रेम सहनशीलता, प्रेम कृतज्ञता हो ! प्रेम नै नाता, प्रेम नै बाचा, प्रेम नै आशा हो ! प्रेम नै सास, प्रेम नै प्यास, प्रेम नै आस हो ! प्रेम आस्था, प्रेम विश्वास, प्रेम नै सबथोक हो ! 

        हाल,लन्डन 

प्रतिक्रिया दिनुहोस्