Logo

समयको व्यवस्थापन कसरी गर्ने ?

“अहो ! मसँग प्रशस्त समय नै समय छ , किन आत्तिनु ? किन दौडिनु ? तर वास्तविकता त्यस्तो हैन । एक दिनमा २४ घण्टा नै हो ,यो बढ्ने वा घट्ने कुरा भएन । त्यसमा ८ घण्टा सुतिन्छ ,१ घण्टा व्यायाम, १ घण्टा नुहाउने समय समेत जोड्दा १० घण्टा गयो । खाना र खाजा खाँदाओर्दा ३ घण्टा लाग्छ, १३ घण्टा भयो , बाँकी रह्यो ११ घण्टा, अब यो ११ लाई भाग गर्दा निस्केको समय नै प्रोडक्टिव समय हो, जो निकै कम हो , जब उमेर ढल्किन्छ अनि पछुताउनु शिवाय केही बाँकी रहँदैन । “

        -राजन गिरी 
 

समय र जीवन एक अर्काका परिपूरक हुन् , जीवनमा समयको महत्वपूर्ण योगदान रहने गर्दछ । हामीले सधैँ समयसीमाको ख्याल राख्नुपर्दछ । जसले समयको सही व्यवस्थापन गर्न जान्दैन उसले कहिल्यै सफलता हासिल गर्न सक्दैन ।
 

 समय भनेको वर्तमान हो । जो अहिले हामीसँग छ र सधैँ घट्दै गइरहेको हुन्छ । कुनै एक विषयलाई कुनै वस्तुसँग जोड्दा जुन अनुभव प्राप्त हुन्छ त्यही नै जीवन हो । सृष्टि भनौँ वा भगवानको दूत जसले पूरा ब्रम्हाण्डको लेखा-जोखा राख्ने गर्दछ । त्यही नै समय हो ।  मानिलिउँ अहिले कोही ६४ वर्षका छन् । औसत उमेर १०० वर्ष, बाँकी रह्यो ३६ वर्ष, अब यसलाई घण्टा र मिनटमा भाग गरेर हेर्दा कसैलाई पनि लाग्नसक्छ । 

 अहो ! मसँग प्रशस्त समय नै समय छ , किन आत्तिनु ? किन दौडिनु ? तर, वास्तविकता त्यस्तो हैन । एक दिनमा २४ घण्टा नै हो । यो बढ्ने वा घट्ने कुरा भएन । त्यसमा ८ घण्टा सुतिन्छ ,१ घण्टा व्यायाम, १ घण्टा नुहाउने समय समेत जोड्दा १० घण्टा गयो । खाना र खाजा खाँदाओर्दा ३ घण्टा लाग्छ, १३ घण्टा भयो , बाँकी रह्यो ११ घण्टा, अब यो ११ लाई भाग गर्दा निस्केको समय नै प्रोडक्टिव समय हो, जो निकै कम हो , जब उमेर ढल्किन्छ अनि पछुताउनु शिवाय केही बाँकी रहँदैन ।
 

हरे ! मैले यो के गरेँ ? बचपन बित्यो, जवानी बित्यो, ५५/६० को यो मोडमा याद आउँदैछ । आखिर मैले गरेको के रहेछु त ?´
तसर्थ हरेक काम समयमै टुंग्याउनु पर्दछ । जुन घरमा परम्परा छ, त्यही नै समय व्यवस्थापन हो । समयलाई वशमा राख्न त सकिँदैन, बरु समयतालिका अनुसार आफू र आफ्नो परिवारलाई हिँड्न सिक्नु र सिकाउनुपर्दछ । जसले समयको सही व्यवस्थापन गर्न जान्दछ उसलाई कुनै समस्या नै पर्दैन , त्यस्तादेखि समस्या नै टाढा भाग्दछ ।

 समयानुसार हिँड्न जानिएन भने कुनै न कुनै दिन अवश्य पछुताउनुपर्ने हुन्छ । हिजोको समय त बित्यो , मैले के गरेँ त ?  त्यस्ताको हरेक जन्म यसरी नै बित्नेछ । यो सबै अन्तिम अवस्थामा मात्र थाहा पाइन्छ । समयको आनन्द लिँदै आफूलाई अगाडि बढाउनुपर्दछ  तर मेसिनझैँ होइन । यदि १०-५ को समयसीमालाई मात्र सबैले इमान्दारीसाथ अपनाउने हो भने नेपालको कायापलट हुनसक्छ ।
 

 कहिलेकाहीँ यस्तो समय पनि आउँछ, जतिखेरको अन्तिम ५ मिनटले पनि जीवनको हुलिया नै परिवर्तन गरिदिन सक्तछ । समयको ख्याल नगर्नाले जीवनको उत्तरार्ध्दमा पछुताउनु नपरोस । यसर्थ जसले समयको सही व्यवस्थापन गर्न जानेको हुन्छ त्यस्तो मान्छे समस्या देखेर भाग्दैन । बरु समस्यानै उसलाई देखेर कोसौं टाढा भाग्ने गर्दछ ।

      हाल: काबुल,अफगानिस्तान 

प्रकाशित मिति २०७४ साल भाद्र १७ गते, शनिवार

प्रतिक्रिया दिनुहोस्